नेपालीकाे अवस्थाबारे बेलायती सरकारलाई जानकारी

मङ्लबार, बैशाख १६, २०७७



बेलायत स्थित नेपाली राजदूतावासले सरकारलाई पत्र पठाएर बेलायतमा रहेका नेपाली समुदायमा कोरोना भाइरसले पारेको प्रभावबारे अवगत गराएको छ ।

यहाँको रक्षा मन्त्रालय, गोरखा वेलफेयर ट्रष्टलगायतका निकायबाट बेलायतमा रहेका नेपालीमध्ये कोरोना सङ्क्रमणका कारण वृद्धवृद्धा एवं भूतपूर्व गोरखा सैनिक तथा उनीहरूको परिवारका सदस्य बढी प्रभावित भएको र मृत्युदर पनि उच्च रहेको देखिएको उल्लेख गर्दै उनीहरुमा विभिन्न समस्या रहेकाले यथाशक्य चाँडो आवश्यक सहयोगका लागि आग्रह गरिएको छ ।

यस सम्बन्धमा राजदूत स्वयंले ब्रिटिश सरकारको परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र गोरखा वेलफेयर ट्रष्टमा टेलिफोन गरी ध्यानाकर्षणसमेत गराइएको दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments