एम्बाप्पे म्याड्रिड जादै !

आइतवार, भदौ १०, २०७५



फ्रान्स । पिएसजीको साथ किलिएन एम्बाप्पेको ऋण सम्झौता सोमबारको अन्त्यमा समाप्त हुनेछ । पिएसजीद्वारा प्रयोग गरिएको खण्डमा उनलाई मोनाकोबाट आधिकारीक रुपमा खरिद गर्न मिल्नेछ ।

जसको लागि ट्रान्सफर मुल्य १ सय ८० मिलियन युरो तोकिएको छ । यदि पिएसजी यो लेनदेन कार्यमा प्रवेश गर्दछ भने युईएफएको फाइनल फेयर प्ले नियम अनुसार गर्नु पर्नेछ ।

मोनाकोसँग लेनदेन गर्न पुरानो सम्झौता अबरोधक हुनेछैन । क्रिस्टीयानो रोनाल्डो यूभेन्टस गएपछि खाली रहेको रियाल म्याड्रिडको सात नम्बर जर्सी कसले पहिरिनेछ ? भन्ने उत्सुकता फुटबल प्रेमीहरुमा अकत्समात बढ्दैछ ।

एम्बाप्पेको आगमन भएमा बाले, इस्कोे, एसेन्सीयो, मोडरिक र बेन्जामाको आक्रमक लाईन बन्नसक्नेछ । अन्यथा रियालले नयाँ स्टार खेलाडी तुरुन्त खोज्नु पर्नेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments