इमानुएल म्याक्रोनले भने त्यस समय म सत्तामा थिइन्

बुधबार, अशोज १०, २०७५



न्यूयोर्क । फ्रान्सको राष्ट्रपति इमानुएल म्याक्रोनले राफेल डिलको विवादमा जोगिएर जवाफ दिदैं भने,जव भारत र फ्रान्सकोबीच ३६ राफेल लडाकु विमान खरिदको निम्ती लाखौ डलरको सम्झौता भएको थियो ।

त्यस समय म सत्तामा थिइन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका उनी पत्रकार सम्मेलनमा बहुचर्चित राफेल डिलको बारेमा भारतीय पत्रकारसँग बोल्दै थिए ।

केही दिन अघि फ्रान्सको पूर्व राष्ट्रपति फ्रास्वाँ ओलान्दले राफेल लडाकु विमान बनाउने कम्पनी दसाल्ट एविएसन र अनिल अम्बानीको रिलायन्स कम्पनीसँग सम्झौता गर्न मोदी सरकारले प्रस्ताव गरेको बताएका थिए ।

modi the anilat

म्याक्क्रोनले आफ्नो प्रतिक्रियामा आरोपको खण्डन गरेनन् । सावधानी पूर्वक उनले भने,सम्झौताको समय आफु सत्तामा नरहेको तर मलाई थाहा छ हाम्रो नियम धेरै स्पष्ट छ । यो सरकार र सरकारबीच चर्चा मात्रै हो । जुन भारत र फ्रान्सबीच एक सैन्य र रक्षा गठबन्धन अन्तरगतको अनुबन्ध एक हिस्सा मात्र हो । उनले थप्दै भने, सन् २०१६ मा राफेल जेड विमान विक्रिको घोषणा भएको थियो । जति बेला फ्रान्समा राष्ट्रपति फ्रास्वाँ ओलान्द थिए । ओलान्दको भनाई पछि रक्षात्मक बन्न पुगेको मोदी सरकार हालैको दिनहरुमा राजनीतिक भुकम्पको महशुस गर्दैछ ।

अन्तरवार्तामा ओलान्दले भनेका थिए, भारत सरकारले रिलायन्सको नाम प्रस्तावको गरको थियो । हामीसँग दोस्रो विकल्प थिएन् । ओलान्दको भनाई पछि मोदी सरकारले तुरुन्त प्रतिक्रिया दिदैं भनेको थियो । रिलायन्स र डिसाल्टकोबीच भएको कारोवारीमा सरकारको कुनै भुमिका थिएन् ।

ओलान्दको खुलासा पछि राफेल निर्माता कम्पनी दसाल्ट एबिएसनले आफ्नो वयान जारी गरेको छ । यो दुई सरकारकोबीच भएको सम्झौता हो । यसको अलावा अफसेट पार्टनर चुन्ने अलग प्रावधान अनुसार दसाल्ट एविसनले रिलायन्स ग्रुपसँग सम्झौता गरेको थियो ।

सम्झौतापछि दसाल्ट रिलायन्स एरोस्पेस लिमिटेड कम्पनी बन्न पुग्यो । यहि कम्पनीले फाल्कन, राफेलको पार्टस बनाउनका निम्ती नागपुरमा पालन्ट स्थापीत गरिएको छ ।

मोदी सरकारले फ्रान्सको कम्पनी दसाल्टसँग ३६ राफेल लडाकु विमान खरिद गर्ने सम्झौतामा पूर्ववर्ती सरकारले तोकेको मुल्य भन्दा महंगो तिर्न राजी हुँदा करोडौं रुपैयाँको हिनामिना भएको आरोप विपक्षी कांग्रेसले लगाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata