“न्युरालिङ्क”को अनौठा योजना: ब्लुटुथबाट दिमाग ह्याक गर्न सकिने !

आइतवार, साउन ५, २०७६



एजेन्सी । ब्लुटुथ एक बिनातार छोटो दुरिसम्म डेटा ट्रान्सफर गर्ने शिल्प विज्ञान हो । ब्लुटुथले छोटो लम्बाइ भएको रेडियो वेब प्रयोग गरेर एक मोबाईलबाट अर्को मोबाईलमा डेटा ट्रान्सफर गर्छ । यदि सोहि ब्लुटुथ प्रयोग गरेर  दिमाग ह्याक गर्न सकिन्छ भन्दा तपाई मान्नुहुन्छ ? जसले हाम्रो सोचलाई कम्प्यटुरसँग सीधा सम्पर्क गराउनुका साथै दिमागका बिरामीहरुलाई पनि ठूलो मद्दत पुर्याउनेछ । तपाइँलाई विश्वास गर्न गाह्रो पर्न सक्छ ।

एक अटोमोबाइल कम्पनीका मालिकले आफ्नो नयाँ कम्पनी  “न्युरालिङ्क”का केही अनौठा योजना सार्वजनिक गरेका छन् । जसले दुनियाँको ध्यान उनीतिर खिचिएको छ । सन् १९७१ जुन २१ मा साउथ अफ्रिकामा जन्मिएका एलन रिभी मस्क अमेरिकन नागरीक हुन् । उनी स्पेस एक्सको डिजाइनर, बोरिङ कम्पनीको फाउन्डर  समेत हुन् ।

Elon Musk reveals brain-hacking plansको लागि तस्बिर परिणाम

मंगलबार एक  कार्यक्रममा बोल्दै उनले मान्छेको मस्तिष्कमा ब्लुटुथ जस्तै काम गर्ने चिप्स प्रत्यारोपण गरि दिमाग ह्याक गर्न सकिने बताए पश्चात दुनियाँ आश्चर्यचकित परेको  छ । उनका अनुसार यो प्रणाली यसअघि बाँदरमा परीक्षण गरिएको थियो हाम्रो सोचलाई कम्प्यटुरसँग सीधा सम्पर्क गराउनुका साथै दिमागका बिरामीहरुलाई पनि ठूलो मद्दत पुर्याउने उनको भनाइ छ ।  उक्त परिक्षणमा बाँदरले दिमागबाटै कम्प्युटर नियन्त्रण गर्न सकेको थियो ।

उपयोगिता:

उनले न्युरोलोजी सम्बन्धी गम्भीर बिरामीहरुका लागि यो अधिक उपयोगी हुने र यो यन्त्र भविष्यमा व्यापक ट्रेन्ड बन्ने समेत उनले दाबी गरेका छन् । उक्त डिभाइसले मान्छेको स्मरण शक्ति बढाउनेदेखि स्ट्रोक, क्यान्सरलगायत धेरै बिरामीहरुलाई उपयोगी हुने उनले तर्क छ  ।

डिभाइस कस्तो हुनेछ ?

डिभाइसमा एउटा चिप हुनेछ जुन हाम्रो कपालको आकारका १ हजार वायरसँग जोडिनेछ । यस चिपमा एप्पलको म्याकबुकमा प्रयोग गरिने एडप्टर जस्तै युएसबी–सी पोर्ट जडान गरिएको हुन्छ जसलाई ब्लुटुथ मार्फत कम्प्युटर र स्मार्टफोनसँग जोड्न सकिने मस्कको भनाइ छ । उनी भन्छन्, “मस्तिष्कमा प्रत्यारोपण गर्दा अवश्य पनि सबैले सानै उपकरण चाहनेछन् ।”

कम्पनीका अनुसार मानव मस्तिष्कमा १० युनिट सम्मको वस्तु प्रत्यारोपण गर्न सकिन्छ । ती चिपहरु भने आइफोनको एपसँग कनेक्ट गरिनेछ जसलाई मान्छेले दिमागबाटै नियन्त्रण गर्न सकिनेछ ।

Elon Musk reveals brain-hacking plansको लागि तस्बिर परिणाम

उक्त चिप कम्पनीले निर्माण गरेको रोबोटले नै इन्स्टल गर्नेछ । मस्कका अनुसार सर्जनको सञ्चालनमा रोबोटले हाम्रो टाउकोमा २ मिलिमिटर सम्मको प्वाल पार्नेछ र व्यक्तिको मस्तिष्कमा चिप प्रत्यारोपण गरिदिनेछ । चिपको “इन्टरफेस, वायरलेस” हुने भएकाले टाउकोमा कुनै पनि तारहरुले नघोच्ने वा अवरोध गर्नेछैन ।

आलोचना किन ?

गुगल र फेसबुकमा आफ्नो योजना सार्वजनिक गर्दा उनी विवादमा मुछिएका छन्  । आलोचकहरुले दिमागबाट सिधै डाटा लिने सम्बन्धी उपभोक्ताले कम्पनीलाई विश्वास गर्नेप्रति शंका व्यक्त गरिरहेका छन् ।

यसरी हाम्रो मस्तिष्कका जानकारीहरु ठूला कम्पनीहरुलाई सुम्पिनुले समाजमा भिन्दै किसिमको असहजता उत्पन्न गराउने फरट्रम रिसर्चका प्रमुख विश्लेषक ड्यानिअल न्युमन बताउँछन् ।  “यस दिशामा अघि बढिरहँदा हामी पूर्णरुपमा  विश्वस्त हुन सक्नेछौँ र सहज महसुस गर्नेछौँ भन्नेको कुनै प्रमाण छैन ।”, उनले बताए ।

त्यसैगरी यो प्रविधिले दिमागी चोट वा ट्रमामा रहेका बिरामीलाई मद्दत गर्ने सम्बन्धी अर्को संस्था प्राइभेसी इन्टरनेस्नलका फ्रेडर्की काल्थेउनरले सीएनएनसँग भनेका छन्, “त्यसरी कच्चा मस्तिष्क गतिविधिबाट डाटा संकलन गर्नुले मान्छेको शारीरिक र मानसिक क्रियामलापलाई प्रभाव पार्नुका साथै सोच हेरफेर गराउन सक्छ वा शोषणका लागि दुरुपयोग गर्न सकिने हुँदा उनीहरु ठूलो खतरामा पर्न सक्छन् । किनकि हामीलाई अझै थाहा छैन सो डाटाको पहुँच कोसँग हुनेछ र के त्यो तेस्रो पार्टीसँग पनि शेयर गरिनेछ ? हाम्रो डाटामा हाम्रो मात्र पूर्ण नियन्त्रण हुन जरुरी छ ।”

यसअघि पनि प्राविधिक कम्पनीहरु प्रयोगकर्ताको डाटा लापरबाहीपूर्ण ढङ्गले सम्हालेकामा आलोचित भइसकेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata