त्रिभुवन विमानस्थलबाट अपहरणमा परेका गुरुङको सोल्टिमोडबाट उद्धार

शुक्रबार, भदौ २७, २०७६



काठमाडौं । त्रिभुवन विमानस्थलबाट एक जना अपहरणमा परेका छन् । अपहरण पर्नेमा पोखराका एलिश गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।

भद्रपुर विमानस्थलबाट काठमाडौं आएका उनी त्रिभुवन विमानस्थलको गेटबाटै अपरहणमा परेका हुन् । उनलाई अपहरण गर्ने सिन्धुपाल्चोकका दिनेश लामासहित ४ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

अपहरणमा परेका गुरुङलाई सोल्टिमोडको भ्याली एण्ड फूड क्याफेबाट सकुशल उद्धार गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होवेन्द्र बोगटीले जानकारी दिए ।

गुरुङलाई कालिमाटी प्रहरी वृत्तका डीएसपी रुगम कुँवरको कमाण्डमा खटिएको टोलीले सकुशल उद्धार गरेको हो । थप अनुसन्धान कार्य भइरहेको र आर्थिक लेनदेनका कारण उनी अपहरणमा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata