हात्तीपाइले रोगविरुद्धको औषधि खुुवाउने अभियान जारी

आइतवार, माघ २६, २०७६



बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने अभियान जारी छ । एक लाख ७३ हजार जनसङ्ख्यामध्ये एक लाख ४५ हजारलाई औषधि खुवाउने लक्ष्य राखिएको उपमहानगरपालिकाले जनाएको छ । नगरभित्र ९४ बुथमा ११४ स्वास्थ्यकर्मी र २०१ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएकोस्वास्थ्य शाखा प्रमुख डिल्ली पोखरेलले जानकारी दिए ।

बाँकेमा आगामी फागुन ५ गतेसम्म सो अभियान जारी रहने छ । नगर उपप्रमुख उमा थापामगर नेतृत्वको टोलीले नगरका विभिन्न बुथमा पुगेर अभियानको अनुगमन गर्दै सबैलाई औषधि सेवनका लागि आग्रहसमेत गरे ।

नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणा, उपप्रमुख थापामगर, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, वडाध्यक्ष सुनिलसिंह हमाल, बुद्धिसागर सुवेदीलगायतले औषधि सेवन गरेर अभियानको शुभारम्भ गरेका हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments