बझाङको जेउडेगाडको एक मेघावाट बिजुली राष्ट्रिय प्रशारणमा जोडियो

बुधबार, मंसिर ११, २०७६

- दिपक राज जोशी



बझाङ ।  जिल्लाको जयपृथ्वी नगरपालिका ८ नम्बर वडा खाराबगरमा जेउडेगाडबाट जलविद्युत उत्पादन गर्ने कार्य सम्पन्न गरि राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ ।

नीजिस्तरबाट निर्माण गरिएको उक्त आयोजना राष्ट्रिय प्रशारणमा जोडिएपछि यस जिल्लामा बाह्य जिल्लाको बिजुलीमा समस्या देखापरे पनि जेउडेगाडको १ मेघावाटको बिजुलीले जिल्ला भित्र सेवा दिईरहने विद्युत प्राधिकरण वितरण शाखा बझाङका प्रमुख राकेश कुमार भट्टले जानकारी गराएका छन् ।

नीजिस्तरको करिब ३० करोड लगानीमा निर्माण गरि छोटो समयमा विद्युत उत्पादन गरि राष्ट्रिय प्रशारणमा जोडिएपछि स्थानिय सेवाग्राहि खुसी भएका छन् । बैतडीको खोड्पे हुँदै चैनपुरसम्म बिजुलीको लाईन विस्तार गरिएको छ । पटक पटक विजुलीको लाइन जाने काम हुन्थ्यो अब भने नियमित रुपमा विजुली आउनेमा विश्वस्त भएको भन्छन् पत्रकार बसन्तप्रताप सिहं बताउँछन । ग्राहकको सख्या दिनानुदिन बढदै् छन् । लाईन विस्तारहुने कार्य पनि जिल्लाभरि भईरहेको छ । तत्कालका लागि बिजुली पर्याप्त भएको विद्युत प्राधिकरण बझाङ शाखाका कर्मचारीले बताए । सबै स्थानिय तहमा लाईन विस्तार भएपछि विजुलीको भार थपिने भएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata