उपनिर्वाचनमा ३३ हजार सुरक्षाकर्मी खटाइने

आइतवार, कार्तिक २४, २०७६



काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनाका लागि ३३ हजार सुरक्षाकर्मी खाटाइने भएको छ । विभिन्न कारणले रिक्त रहेका प्रतिनिधिसभा,प्रदेशसभा र स्थानीय निकायमा हुने उपनिर्वाचनमा सुरक्षाकर्मी खटाइने भएकाे हाे ।

  प्रतिनिधिसभाको एक, प्रदेशसभा तीन, उपमहानगरको मेयर एक, नगरपालिकाका मेयर एक, गाउँपालिका प्रमुख तीन, उपाध्यक्ष एक र ४३ वडाध्यक्ष पदमा उपनिर्वाचन हुने भएकाे छ । निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी सोही बमोजिम सुरक्षा योजना बनाइ चारवटै सुरक्षा निकायका ३३ हजार सुरक्षाकर्मी खटाइएने भएकाे हाे । गृहमन्त्रालले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी सोही बमोजिम सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको जनाएको छ ।

१० हजार नेपाली सेना, १२ हजार नेपाल प्रहरी ११ हजार सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानका गरी ३३ हजार बढी सुरक्षाकर्मी परिचालन बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata