१ नगरपालिकासहित ११ गाउँपालिका अध्यक्ष सहित एमाले पहिलो, दोस्रोमा कांग्रेस माओवादी प्रतिस्पर्धा

मङ्लबार, जेष्ठ २, २०७४



स्थानिय तहको चुनावमा नेकपा एमालेले अगैता बढाउँदै लगेको छ । नेकपा एमालेले १ नगरपालिकासहित ११ गाउँपालिकामा विजयी भएको छ । एमालेले डोल्पाको ठूलीभेरी नगरपालिकामा प्रमुख गणेशबहादुर शाही सहित प्यानलै विजय प्राप्त गरेको छ ।

त्यस्तै जाजरकोटको, डोल्पाको से फोक्सुण्डो तथा काइजे गाउँपालिकामा एमालेका अध्यक्ष तथा उपाध्यक्षसहित प्यानलै विजयी भएको छ । यसैगरी मनाङको नेस्याङ र चामे गाउँपालिकामा पनि एमालेले अध्यक्ष र उपाध्यक्षसहित सबैमा विजय प्राप्त गरेको छ ।

मुस्ताङको घरपझोङ र दालोमे, स्याङजाको फेदीखोला, कास्कीको मादी, जाजरकोटको शिवालय गाउँपालिकामा पनि एमाले अध्यक्ष उपाध्यक्षसहित जित हासिल गरेको छ ।ललितपुरको महांकाल गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्षसहित सबैमा एमालेले विजय प्राप्त गरेको छ । नेपाली कांग्रेसले ८ ठाउँमा जित हाँसिल गरेको छ भने माओवादी केन्द्रले ९ स्थानमा जित हाँसिल गरेको छ ।

2447 पटक पढिएको

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank