ललितपुरको महाकाल ६ मा एमालेको कब्जा

सोमवार, जेष्ठ १, २०७४



ललितपुरको महांकाल नगरपालिकाको बडा नम्बर ६ मा एमालेले कब्जा गरेको छ । वडा अध्यअध्यक्ष सहित सबै सिटमा एमालेले विजयी हाँसिल गरेको छ । वडा अध्यक्षमा एमालेका उम्मेद्वार रामकृष्ण आचार्यले ३६१ मत ल्याएर विजयी भएका छन् ।

यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुलाल श्रेष्ठले २७३ मत ल्याएका छन् ।  यस्तै गाउँपालिका प्रमुखमा भने स्वतन्त्र उम्मेद्वार साझा पार्टीक० गणेश केसी अघि रएको छ । उनले ३१७ मत ल्याएका छन् ।

यस्तै प्रमुखमा एमाले उम्मेद्वार रामचन्द्र दाहालले २५५, माओवादीका उम्मेद्वार बुद्धबहादुर नेगीले १३२ तथा कांग्रेस उम्मेद्वार भीमसेन घिमिरेले १०८ मत ल्याएका छन् ।  गाउँपालिका उपप्रमुखमा भने एमाले उम्मेद्वार कमला लामा तामाङ ३६६ मतसहित अघि रहनु भएको छ । यस्तै कांग्रेसकी सुशीला अधिकारीले २२५ तथा माओवादीकी विमलादेवी आचार्यले १७३ मत पाए । वडा नम्बर ६ मा कुल ८८८ मत सदर भएको छ ।

6293 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank