मतगणना जारी, नतिजा आउन थाल्यो

आइतवार, बैशाख ३१, २०७४



स्थानिय तह चुनावको मतगणना जारी रहेको छ । नतिजा आउन थालेको छ।  अहिले सम्म नेकपा एमाले अगाडी छ । एमाले मेयरमा १  विजयी भएको छ ५  अगाडि छन् । नपाली कांग्रेस पनि १  विजयी भएो छ भने ३  ठाउँमा अगाडी छ ।

ललितपुर महानगरपालिकाको मतगणना भने सुरु भएको छ । यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका, महाँकाल र कन्ज्योसोम गाउँपालिकामा मतगणना सुरु भएको छ । काठमाडौंको शंखरापुर, चन्द्रागिरी, टोखा, दक्षिणकाली र कीर्तिपुरमा पनि मतगणना भैरहेको छ ।

मनाङको चामे र नाशोङ गाउँपालिका तथा रुकुमको मुसिकोट नगरपालिका, बाँफिकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा पनि मतगणना सुरु भएको छ ।

नवलपरासीको कावासोती, देवचुली, मध्यविन्दु र गैंडाकोट तथा काभ्रेको वनेपा नगरपालिकामा पनि मतगणना भैरहेको छ ।

सल्यानको शारदा नपामा अहिले राति १ बजेदेखि मतगणना शुरू भएको छ । मतगणना जिल्ला समन्वय समितिको हलमा भैरहेको हो । यस्तै छत्रेश्वरी गाउँपालिका सल्यानमा २ बजेदेखि मतगणना शुरू भएको छ । नुवाकोटको बिदूर नगरपालिकामा पनि मतगणना भैरहेको छ ।

जुम्लाको चन्दनाथ नगरपालिकामा पनि मतगणना भैरहेको छ । एकसय १२ मत गणना भैसक्दा मेयरमा कांग्रेसको ६६, एमालेको १० र माओवादीको २८ मत आएको छ ।

चितवनको कालिका नगरपालिका बाहेक अरु ठाउँमा बिहानदेखि मतगणनाको तयारी छ ।

10997 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank