प्रदेश नम्बर २ मा यस्तो छ आँकलन, वामगठबन्धन अगाडी

सोमवार, कार्तिक २७, २०७४

loading...


काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य चुनाव अहिले घरघरमा चर्चाको विषय बनेको छ । चिया चौतारी, पसल, पधेरामा पनि चुनाव नै गफको विषय बनेको छ । पाहाडमा वाम गठबन्धन र लोतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा देखिएपनि तराई मधेसमा त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ । विशेषगरि प्रदेश नम्बर २ मा त्रिपक्षीइ रोचक प्रतिस्पर्धा छ । गठबन्धन दल तथा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उम्मेदवार आआफ्ना एजेण्डासहित नागरिकको घरदैलोमा गएर भोट मागि रहेका छन् ।

पहिलो र दोस्रो संविधानसभा चुनाव तथा भर्खरै सम्पन्न स्थानीय तहको चुनावको मतपरिणाम अनुसार कुन पार्टीको अवस्था कस्तो रहेको छ भनेर चर्चा पनि हुन थालेको छ । प्रदेश नम्बर २ मा दलको गठबन्धनले गर्दा चुनावी परिणाम जस्तो पनि आउन सक्ने आँकलन गर्न थालिएको छ । आठ जिल्ला र १ सय ३६ स्थानीय तह रहेको २ नम्बर प्रदेशमा ४० तहमा जित्दै कांग्रेस स्थानीय तहको चुनावमा पहिलो पार्टी बनेको थियो । प्रदेश २ बाट ३२ जना प्रतिनिधिसभा सदस्य र ६४ जना प्रदेशसभा सदस्य निर्वा्चित हुनेछन् ।

स्थानिय तहको चुनावमा पाएको मत हेर्दा १५ स्थानमा वामगठबन्धन, १० स्थानमा मधेसवादी दलको गठबन्धन र ६ कांग्रेस नेतृत्वको लोकतान्त्रिक अगाडी देखिन्छ ।

प्रदेश नम्वर २ का ८ जिल्लाबाट २७ लाख ६७ हजार ३ सय ७५ जना मतदाताले आउँदो मंसीर २१ गते ३२ जना प्रतिनिधिसभा सदस्य र ६४ जना प्रदेशसभा सदस्यका मतदान गर्दैछन् । पहिचानको लागि लामो लडाइ लडेको प्रदेश नं २ का मतदाता प्रतिनिधि र प्रदेशसभा सदस्य चयन गर्न तयारी अवस्थामा छन् । २ हजार १ सय ६६ मतदान स्थल तोकिएको २ नम्वर प्रदेशका ८ वटा जिल्लामा ३ हजार ६ सय ७९ मतदान केन्द्र छन् ।

स्थानीय स्रोत साधनको प्रयोग गरि २ नम्वर प्रदेशलाई नमुना बनाउने भन्दै प्रतिनिधिसभा सदस्यका लागी ५ सय ४२ जना र प्रदेशसभाको लागी ९ सय ८५ जना उम्मेदवार चुनावी मैदानमा छन् । सवैको मुद्दा २ नम्वर प्रदेशको समृद्धिमै केन्द्रित छ । पछिल्लो समय बनेको एमाले माओवादीको गठबन्धनले कांग्रेसलाई राजनीतिक झड्का दिएको छ । तर विजय गच्छादारको लोकतान्त्रिक फोरम कांग्रेससँग एकता भएपछि भने तराईमा कांग्रेसले राहतको महसुस गरेको छ । यस पटकको चुनाव ऐतिहासिक भएको र अझ प्रदेश २ को चुनाव परिणामलाई उत्सुकतापूर्वक हेरिएकाले पनि कसले बाजी मार्न सफल होला भन्ने आकलन गर्न सहज नभएको बुद्धिजीवीको प्रतिक्रिया छ । तीनमध्ये कुन गठबन्धनले थोरबहुत ल्याउला भन्ने अड्कल फरक भए पनि सबैजसोको अवधारणा समान–समान हैसियतमा आउने देखिन्छ ।

अन्य प्रदेशमा जस्तै प्रदेश नम्वर २ मा पनि नेकपा एमाले र नेकपा माओवादीको वाम गठबन्धन, संघिय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालको गठवन्धन निर्वाचनमा होमिएको छ । नेपाली कांग्रेस केही ठाउँमा गठबन्धन र धेरै ठाउँमा एक्लै चुनाव लड्दैछ । लामो समय पहिचानको लडाई लडेका मधेशवादी दल, सम्मेलित संघिय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको गठबन्धनले अझै पनि आफ्ना एजेन्डा तय गर्न सकेको छैन ।

प्रदेश नम्बर २ मा संविधानसभाको चुनावमा ४० स्थानमा जितसहित कांग्रेस अगाडी, दोस्रोमा २६ स्थानमा जितेको संघिय समाजवादी दोस्रो र २५ स्थानमा जितेको राष्ट्रिय जनता पार्टी तेस्रोमा देखिन्थ्यो । स्थानिय तहको चुनावमा पाएको मत हेर्दा १५ स्थानमा वामगठबन्धन, १० स्थानमा मधेसवादी दलको गठबन्धन र ६ कांग्रेस नेतृत्वको लोकतान्त्रिक अगाडी देखिन्छ । तराईका अरु जिल्लामा एउटा र प्रदेश नम्बर २ का जिल्लामा अर्को खालको प्रतिस्पर्धामा छ । दुई नम्बर प्रदेशका जिल्लाका भित्री भागमा स्वतन्त्र मतदाता बढी भएकाले तीनलाई तान्ने कसरमा दलहरु लागि परेका छन् ।

मंगलबार प्रदेश नम्बर तीनको लेखाजोखा प्रस्तुत हुनेछ ।

1652 पटक पढिएको

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv