अपराध बढाउने की समाधान खोज्ने ?

चितवन घटनाले बाँकी चुनावी परिणाम खतरामा

शुक्रबार, जेष्ठ १९, २०७४

- भगवान खड्का



स्थानीय तह निर्वाचन ऐन, २०७३ मा मतगणनास्थल अनधिकृत कब्जा वा नोक्सान भए पुनः निर्वाचन गराउने व्यवस्था छ । ‘ऐनको दफा ४९ र ५० मा रहेको मतपेटिका-मतदानस्थल कब्जामा लिएको, नष्ट गरेको, क्षतविक्षत गरेको अवस्थामा पुनः मतदान गराउन सिफारिस गर्न सक्ने’ व्यवस्था छ । तर, कसरी नोक्सान भए के गर्ने ? भन्ने उल्लेख गरिएको छैन । चितवनको भरतपुर महानगरपालिकामा त्यही प्रावधानमा टेकेर पुनः मतदानमा जाने नियतले माओवादी केन्द्रका प्रतिनीधिले नै मतपत्र च्याते । आफै नोक्सान भएको होइन । मतपत्रको रेखदेख, हिसाव–किताव गर्न बसेका प्रतिनीधिले नै च्यातेका हुन् । त्यसलाई स्थानीय तह निर्वाचन ऐनले कारवाहीको व्यवस्था गरेपनि सार्वजनिजक वा जघन्य अपराध मानेको छैन ।

९० मतपत्र गन्न नमिल्ने गरि च्यातिएको रिपोर्ट आएको छ । जसको मत च्यातियो त्यसलाई सार्वजजिनक गर्न माग गर्दै मतदाताले न्यालयमा गए के हुन्छ ? । सुनियोजित रुपमा मतपत्र च्यातिएको अवस्थामा पुनः मतदान गराउनु पर्ने माओवादी केन्द्र र कांग्रेसको माग छ । तर हार्ने अवस्था आए फेरि एमालेका प्रतिनीधिले मतपत्र च्याते के गर्ने ? के फेरि मतदान गर्ने ? यो सिलसिला निरन्तर चल्ने अवस्था आउने खतरा छ । चितवन घटनामा मतदान गर्ने नजिर बसालिए भविष्यमा पटक-पटक यो विवाद निम्तिएर निर्वाचन हुन नसक्ने खतरा आउन सक्छ । त्यसको जिम्मेवार को हुन्छ ?

सुनियोजित रुपमा मतपत्र च्यात्दा पुनः निर्वाचनको मौका दिए सधैं हार्ने पक्षले यो प्रवृत्ति अँगाल्ने र चुनाव हुन नसक्ने अवस्था आउने पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको तर्क छ । निर्वाचन आयोगले चितवनबाट रिपोर्ट मगाइ सकेको छ तर निर्णय लिइसकेको छैन । प्रमुख निर्वाचन आयुक्त अयोदीप्रसाद यादवले भविश्यमा आउने सक्ने खतरालाई हरेर तत्काल मतगणना गर्नुपर्नेमा विलब्म गर्नु हुँदैन ।

च्यातिएका मतपत्र गन्न नसकिने भनिएको छ । नेपाली रुपियाँ च्यातिका टासेर काम चलाउने नेपाली परम्पराबाट पनि सिक्न सकिन्छ । नभए ९० मतपत्र केही समयलाई स्टकमा राखेर बाँकी मतपत्र गन्दा आउने नतिजालाई आधार मानेर निर्णयमा पुग्न सकिन्छ । वा ती मतपत्र बदर मानेर बाँकीको गणना गर्न पनि सकिनेछ । यदि त्यो ९० मत रेणु दाहालको पक्षमा जोड्दा पनि देवी ज्ञवालीले नै जिते भने के हुन्छ ? अहिले जित्ने फेरि मतदान गर्दा ज्ञवाली हार्ने अवस्था आए अवस्था के होला ? त्यसमा माओवादी र कांग्रेसले हेक्का राख्नुपर्छ । ९० मतपत्रलाई अहिले स्थगन गरेर बाँकीको मत गन्दा कति फरक हुन्छ त्यसपछि निर्वाचन आयोगसहित उच्च राजनीति नेतृत्व नै बसेर निर्णयमा पुग्नु सही विकल्प देखिन्छ ।

पुनः निर्वाचन गर्ने भन्ने व्यवस्था नियोजित रुपमा च्यात्नेका हकमा लागु हुन्छ की हुन्न ? कानुन व्यवसायीले प्रष्ट रुपमा ब्याख्या गर्नु जरुरी छ । प्राकृतिक कारण वा काबुबाहिरको परिस्थितिका कारण मतपत्र नष्ट भए वा च्यातिए भनेको हो वा नियोजित च्यातिएमा पुन : गणना भनेको हो ? यसको ब्याख्या निर्वाचन आयोगले पनि छिटो गर्नुपर्छ । मतपत्र च्यात्नु जघन्य अपराध हो, च्यात्नेलाई धेरौटीमा रिहा होइन केही बर्ष जेल सजाय नै तोक्नु पर्छ । आफ्ना उम्मेदवारले हार्ने देखेर बल प्रयोग गरी मतपत्र च्यातेको अवस्थामा पुनः मतदानमा गए अपराधलाई पुरस्कार दिएको ठहरिनेछ । मेयरमा एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालबीच तीव्र प्रतिस्पर्धा भइरहेको अवस्थामा मतपत्र च्यातिएको हो ।

मतपत्र च्यातिदा अवस्था के थियो ?
मतपत्र च्यातिएको अवस्था सम्म एमालेका देवी ज्ञवालीको अग्रता थियो । वडा नम्बर १९ को मतगणना भइरहेका बेला मतपत्र च्यातेपछि मतगणना रोकिएको थियो । वडा नम्बर १९ को २८ सय ६० मत खसेकोमा १८ सय ९ मत गनेर मतगन्ने काम अन्तिर तिर गइरहेो थियो । मतखसको अवस्था हेर्दा करिव ५ सय मतले ज्ञवाली जित्ने देखिन्थ्यो ।

अन्तिपरिणाम अपडेट गर्दा ज्ञवालीको ४१ हजार ६ सय ४१ र दाहालको ४० हजार ९ सय ८ मत आएको थियो । यसबेलासम्म ज्ञवालीको अग्रता ७ सय ३३ थियो । गन्न बाँकी १९ सय ९ मध्ये १४ मत रेणुको पक्षमा गए मात्रै उनी केही मतले जित्ने सम्भावना छ । नभए अब रेणु जित्ने आधार छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments