सत्तापक्ष नै आचरसंहिता उल्लंघनमा

शनिबार, बैशाख ३०, २०७४



निर्वाचनको अघिल्लो दिनसम्म आइपुग्दा सरकार र केही राजनीतिक दलहरुले व्यापक आचारसंहीता उलंघन गरेको पाइएको छ । सरकारको नेतृत्व गरेका दलहरुले नै यसरी आचारसंहीता उलंघन गरेको उजुरी पर्दा आयोगले कुनै कारवाहीको गरेको छैन ।

सरकारले मतदाता प्रभावित पार्ने ठूला साना थुप्रै निर्णयहरु गरेका छन् । योजना बाँडफाँड गर्ने, मन्त्रीहरु सरकारी झण्डावाला गाडी लिएर मत माग्नेसम्मका समाचार मिडियामा प्रकाशित भइरहेका छन् । तर, निर्वाचन आयोग भने उमेद्वारी खारेजको चेतावनीमै सीमित देखिएको छ । सरकारले नै ठूला र दीर्घकालीन प्रभाव पार्ने अर्थपूर्ण निर्णय गरिरहँदा आयोगले पत्र समेत नलेख्दा प्रतिपक्षी दलहरु आक्रोशित छन् । बारम्बार आचारसंहिता उल्लंघनको पत्र आयोगमा बुझाइरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीका तर्फबाट उम्मेदवारको पक्षमा मतदातालाई प्रभावित पार्नेगरी रकमान्तर गरेर विभिन्न साना ठूला योजनाहरु दिइरहेका छन् । उनले सबैभन्दा बढी चितवनमा रकमान्तर गरी योजना वितरण गरेका र आश्वासनसमेत बाढेको पाइएको छ । उनले आचारसंहीता विपरित रकमान्तर गरेको भन्दै काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुले विरोध जनाइरहेका छन् ।

निर्वाचन आचारसंहिता पालनाको गराउनु लाग्नु पर्ने सरकार आफैले निर्वाचन आचारसंहिता विपरित मतदानको दुई दिन अघि राज्यको ढुकुटीबाट १५ करोड वितरण गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद बैठले टीकापुर घटनाको क्षतिपुर्ति स्वरुप साडे १५ करोड दिने निर्णय गरेको हो । मन्त्रपरिषद् बैठकले २०७२ भदौ ७ र ८ गते थारु समुदायका ब्यक्तिहरुको जलाइएका घर, पसल, उद्योगको क्षतिपूर्ति दिनेभन्दै यस्तो निर्णय गरेको हो ।

उद्योगमन्त्री जोशी आचारसंहीता विपरितका गतिविधिमा

भूकम्पले ढलेको काष्ठमण्डपको पुनर्निर्माणमा समझदारीपत्रमा हस्ताक्षर गर्दा उद्योग मन्त्री नविन्द्रराज जोशी सहभागि भए । स्थानीयले नै काष्ठमण्डप निर्माणको जिम्मा लिने कार्यक्रममा सहभागि भएको मन्त्री जोशीले निर्माणको लागि आवश्यक सम्पूर्ण काठ सरकारकातर्फबाट निःशुल्क दिने घोषणा समेत गर्न भ्याए । उनले यस्तो घोषण गर्नुले उनले मतदातालाई प्रभावित पार्न खोजेको देखिन्छ । काठमाडौं महानगरपालिका र काष्ठमण्डप पुनर्निर्माण अभियानविच हुने समझदारीपत्रको हस्ताक्षर कार्यक्रममा उनी सरोकारवाला मन्त्री नभएपनि सहभगि भएका हुन् ।
मन्त्री जोशीको सहभागिता र निःशुल्क काठ दिने घोषणा निर्वाचन आचारसंहिता वितपरित भएको भन्दै आयोगमा उजुरी परेपनि कुनै सुनुवाई भएको छैन । उनले भण्डावाला गाडीमा आफ्ना दाजुको प्रचारप्रसार गरिरहेको पाइएको छ । उनले विभिन्न समूहसंग छलफल र गोप्य भेला गर्दै हिँडिरहेका छन् । मौन अवधिमा उनी पूर्णरुपमा मत माग्नमा नै व्यस्त छन् ।

गृहराज्यमन्त्री बाँनिया मकवानपुरमा प्रचार गर्दै

यस्तै गृहराज्यमन्त्री इन्द्र बानियाँ मौन अवधिको समयमा शुक्रबार मकवानपुरको विभिन्न स्थानमा चुनावी प्रचारमा सहभागि भए । उनी सहभागि भएको विषयमा जिल्ला निर्वाचन कार्यालयमा उजुरी परेपनि कुनै कारवाही भएको छैन । सरकारका मन्त्री र सत्तापक्षका नेताहरुले गरेको आचारसंहीता उलंघनमा आयोग मौन देखिएको छ । उनी आचारसंहीता विपरित चुनाव प्रचारमा हिँडेपछि उनलाई कालो झण्डा समेत देखिाइएको थियो । त्यसपछि पनि उनी भेला गर्ने, आफ्नो उम्मेदवारको पक्षमा मत माग्ने र विभिन्न आश्वासन बाढ्दै हिँडेका छन् ।

स्वास्थ्य मन्त्री आफै निर्वाचन प्रचारमा

शुक्रबार नै स्वास्थ्य मन्त्री गगन थापाले पोखरामा पुगी भेला आयोजना गरेर नै निर्वाचान आचारसंहीता उलंघन गरेका थिए । उनी आज पनि काठमाडौंको कपन क्षेत्रमा भेला गर्दै आचारसंहीता उलंघन गरिरहेका छन् । उनले निर्वाचनलाई प्रभावित पार्ने गरी मन्त्रीलयभित्रकै कर्मचारीहरुलाई समेत परिचालन गरेका छन् । उनले अस्पतालहरुलाई नर्सहरुको सेवासुविधा राम्रो बनाउन दवाव दिँदै आफ्ने उम्मेदवारको पक्षमा मत माग्न समेत भन्ने गरेको नीजि अस्पतालका सञ्चालकहरुले बताएका छन् ।
उनले निर्वाचन मौन अवधिमा नै कपनको बालउद्दार उच्च माविमा कार्यक्रम गरी स्वास्थ्यसम्बन्धि विभिन्न आश्वास बाढेका छन् । यस्तै उनले बुढानिलकण्डमा भारतीय नम्मबर प्लेटको गाडि प्रयोग गरेर भोट माग्न गएका छन् । सरकारका मन्त्रीले भारतीय नम्बर प्लेटको गाडीमा सवार हुँदा सुरक्षा कर्मीपनि साथमै लगेका थिए । उनले स्वास्थ्य मन्त्रालयका कार्यक्रमको पत्रपत्रिका तथा टेलिभिजनका विज्ञापनहरुमा मा आफै मोडलिङ गर्दै प्रचार गरिरहेका छन् ।

मन्त्री थापाले क्यान्सर अस्पताल भरतपुरमा विभिन्न नियुक्त दिएका छन् । निर्वाचनको पूर्वसन्ध्यामा कान्ति बालअस्पतलामा उनले विभिन्न पदमा नियुक्ति दिएका छन् । यस्तै नीजी अस्पतालहरुमा सरकारी अस्पतालमा नाम निकाल्न सफल नभएको व्यक्तिलाई नियुक्ति दिन दवाव दिइरहेको निजी अस्पताल सञ्चालहरुले बताएका छन् ।

सहरी मन्त्री थानी स्टकटीङसहित चुनावी प्रचारमा

सहकारी तथा गरीवि निवारण मन्त्री हृदयराम थानी शुक्रबार स्कटीङसहित सुर्खेतका विभिन्न स्थानमा घुमे । सरकारका मन्त्रीहरुलाई आचारसंहीता उलंघन नगर्न आयोगले पटक पटक भने पनि मन्त्री थानी सुर्खेत पुगेर निर्वाचन आचारसंहीता विपरितका कृयाकलापमा सहभागि भएका थिए । उनले गडी गाउँपालिकामा स्थानीयलाई प्रभावित पार्न गरिवी निवारणका विभिन्न आश्वासन बाढ्दै हिँडे ।

वन मन्त्री भण्डारी तनहुँको प्रचारसभा

वन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारी तनहुँका विभिन्न स्थानीय तहमा आचारसंहीता विपरित चुनावी प्रचारमा सहभागि भएका छन् । सरकारका मन्त्रीहरुलाइ प्रचार सभासमा सहभागि नहुन आयोगले भनेपनि उनी स्कटीङसहित चुनावी प्रचारमा सहभागि भएका हुन् । उनले गत सोमबार आफ्नो गृहजिल्ला तनहुँको भानु नगरपालिको भन्सारमा पुगेर चुनावी सभामा सहभागिता जनाए । आफ्नो झण्डावाला गाडी डुम्ब्रेमा रोखर नीजी गाडीमा भन्सार पुगेका उनले विभिन्न प्रयोजनाका नामा पैसा बाँडेपछि स्थानीयले विरोध गरेका थिए । स्थानीयको विरोधपछि उनी त्यहाँबाट फर्किएका थिए ।

पैसा बाँड्दा बाँड्दै समातिय मन्त्री थकाली

वाणिज्यमन्त्री रोमी गौचन थकाली पैसा बाँड्दा बाँड्दै समातिएका छन् । गौचनले पैसा बाँडेर चुनाव प्रभावित पारेको भन्दै स्थानीयले बिरोध गरेपछि जोमसोम बजार शनिवार विहानैदेखि तनावग्रस्त बनेको छ । पैसा बाँड्दा बाँड्दै समातिएका मन्त्री गौचनलाई प्रहरीले स्थानीय यामप्रसाद थकालीको घरमा सुरक्षा घेरामा राखेको छ । स्थानीय जनताले मन्त्री गौचनमाथि कारवाहीको माग गर्दै सडक अवरुद्ध गरेका छन् । सदरमुकाम जोमसोममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
मन्त्री गौचनलाई गए राति १२ बजे दोलामे गाउँपालिकाको तेताङ गाउँबाट पैसा बाँडिरहेको अवस्थामा स्थानीय जनताले समातेर प्रहरीलाई बुझाएका थिए । त्यसपछि प्रहरी चौकीमा एमाले,राप्रपा,माओवादी र स्वतन्त्र उम्मेदवारका समर्थकहरु पुगेका थिए । मन्त्री गौचन एकसातादेखिनै प्लेन रिजर्भ गरेर पैसा सहित मुस्ताङ पुगेका थिए ।

3294 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank