चुनावका रोचक पक्ष

बिहिबार, मंसिर २१, २०७४

loading...


सुर्खेतमा १०७ बर्षिय रुद्रकली बुढाले पनि मतदान गर्नु भएको थियो । उहाँ आफै हिडेर मतदान स्थलमा पुग्नु भएको थियो । आशलो अब आउने सरकारले सबैलाई न्याय गर्ने आशा राख्नु भएको छ ।

झापा निर्वाचन क्षेत्र नम्बर २ को नमूना निम्न माध्यमिक विद्यालयमा मतदान गर्दै १०५ बर्षिय हरीप्रसाद वाग्लेले पनि मतदान गर्नुभयो । महोत्तरी बर्दिवास स्थित देउराली उच्च मावि मतदान केन्द्रमा मतदान गर्न जाँदै ९६ बर्षिय भिमप्रसाद बरालले पनि मतदान गर्नुभयो ।

 मृत्यु

पाल्पामा मतदान गर्ने वित्तिकै एक जेष्ठ नागरिको मृत्यु भएको छ । पाल्पाको रामपुर दरैठाटि म वि केन्द्रमा मत हालेर निस्कने वित्तिकै रापुर नगरपालीका ६ का झुलबहादुर कुमालको मृत्यु भएको हो ।

 एउटा पनि मत खसेन

सप्तरीको एउटा मतदान केन्द्रमा दिउँसो सम्म एउटा पनि मत खसेन । सप्तरीको महदेवा गाउँपालिकाको महदेवास्थित प्रावि केन्द्रमा विहीबार मध्यान्हसम्म कुनै पनि मतदाताले मतदान नगरेको मतदान अधिकृत धनेश्वर साहले बताएका छन् । मतदान केन्द्रमा ९ सय ६० मतदाता छन् ।

82 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janamat health right side janta bank janata bank