राष्ट्रपति निर्वाचनको मतगणना जारी, आजै बेलुका परिणाम आउने

मङ्लबार, फाल्गुन २९, २०७४



काठमाडौं । राष्ट्रपति चयनका लागि आज (मंगलवार) भएको मतदानको मतगणना केहीबेर अघिदेखि सुरु भएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजे सकिएपछि केहीबेरअघिदेखि गणना सुरु भएको हो ।

नयाँ राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिष्पर्धामाछन् । राष्ट्रपति चुनावका लागि संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ४९ सदस्य गरी ८ सय ८० जना मतदाता रहेकोमा १८ जना मतदानमा अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ ।

मतपरिणाम आजै बेलुकासम्म आइसक्ने आयोगले जनाएको छ ।

197 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank