अमेरिकामा मध्यावधी निर्वाचन हुँदै

मङ्लबार, कार्तिक २०, २०७५



न्यूयोर्क । अमेरिकी प्रतिनिधि सभाको ४३५ सिट र सीनेटको १०० सिट मध्य ३५ सिटमा मतदान भइरहेको छ । ५० राज्य मध्य ३६ राज्य र तीन अमेरिकी क्षेत्र साथै ३९ गभर्नरको निम्ती मध्यावधी निर्वाचनको लागी अमेरिकी जनता मतदान गरिरहेका छन ।

वर्तमान समय राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टी सिनेटमा सुबिधाजनक बहुमतमा रहेको छ । राष्ट्रपति ट्रम्पको कार्यकाललाई अमेरिकी जनताले कसरी हेरिरहेका छन ? भन्ने छुटयाउन सहयोगी हुने मध्यावधी निर्वाचन ट्रम्प नीतिको परिक्षा मानिएको छ ।

विगत आठ बर्ष देखि कंग्रेस र सिनेटमा सुबिधाजनक बहुमत सहित रहेको रिपव्लिकन पार्टी वर्तमान मध्यावधी निर्वाचनमा डेमोक्रयाट पार्टी बाट पछी पर्ने प्रक्षेपण गरिएको छ । निर्वाचन अघी गरिएको सर्भेमा रिपव्लिकन पार्टीले सिनेटमा र कंग्रेसमा डेमोक्रयाट पार्टी अगाडी हुने आंकलन गरिएको छ । शहरी क्षेत्र र अन्य मुलुकहरुबाट अमेरिकामा आएका स्थायी बासिन्दा डेमोक्रयाटिक पार्टीको पक्षमा देखिएका छन भने ग्रामिण क्षेत्रहरुमा राष्ट्रपति ट्रम्पको समर्थन बलियो देखिएको छ ।

निर्वाचन प्रचारको क्रममा राष्ट्रपति ट्रम्पले अभिव्यक्ति स्वतन्त्रता र धार्मिक स्वतन्त्रता हिंस्रक व्यक्तिहरुबाट असुरक्षित रहेको भन्दै आफ्नो पार्टीले मात्र अमेरिकाको रक्षा गर्न सक्ने बताएका थिए । उनले मध्यावधी निर्वाचनलाई एक प्रकारको जनमत संग्रह भएको बताएका थिए ।

123 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank