मतदानको समय सकियो, मत कहाँ कति खस्यो ?

पहिलो चरणको उल्लास सकियो, अब नतिजाको प्रतिक्षा

आइतवार, बैशाख ३१, २०७४



काठमाडौं । निर्वाचन आयोगले दिएको मतदानको समय सकिएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताले मतदान गरेका छन् । स्थानीय तहको निर्वाचन अन्तरगत ३४ जिल्लामा जारी मतदान अपरान्हसम्म ७० प्रतिशतभन्दा धेरै मत खसेको छ । अधिकांस ठाउँमा मतदान सकिएको छ ।

निर्वाचन आयोगले आज भएको स्थानीय तहको निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको अनुमान गरेको छ । मतदान सकिँदासम्म आयोगमा प्राप्त जिल्लागत विवरणका आधारमा आयोगले ७० प्रतिशत मतदाताले आफ्नो मताधिकर प्रयोग गरेको बताएको हो ।

केही ठाउमा सामान्य झडप र सामान्य अवरोध भए पनि अधिकाँस ठाउमा मतदान शान्तिपुर्ण रुपमा भएको छ ।

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाअन्तर्गतको एउटा मतदान केन्द्रमा मतदानको कार्यमा अवरोध भएको थियो भने दोलखा र दैलेखमा पार्टीहरुबीच झडप हुँदा प्रहरीले गोल्ी चलाउनु परेको छ । एक जनाको मृत्यु भएको छ । काठमाडौमा ७० प्रतिशतभन्दा बढी मत खसेको छ । रसुवा र स्याङ्जा र नवलपरासीमा ६५ प्रतिशत मत खसेको छ

Voting

3270 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank