केही ठाउँका मतदानस्थलमा तनाव, मतदान रोकियो, दर्जनौं हवाई फाइर

आइतवार, बैशाख ३१, २०७४

loading...


दोलखा । स्थानिय तहको चुनावका क्रममा दोलखामा तनाव भएको छ । विगु मतदान केन्द्रमा मतदान अधिकृत अपहरणमा परेका छन् । गौरीमुदी गाउँपालिकाको मतदान केन्द्रमा कांग्रेसले बुथ नै कब्जा गरेको छ ।

दोलखाको बिगु गाउँपालिकाको आलम्पु मतदान केन्द्रमा पनि नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । आलम्पु मतदान केन्द्रको मतदान पनि अहिले स्थगित गरिएको छ ।

दोलखाकै तामाकोसी गाउँपालिकाको झुलेमा नेपाली कांग्रेसका कार्यकर्ता अच्युत कार्कीमाथि खुकुरी प्रहार भएको छ । एमालेका कार्यकर्ताले खुकुरी प्रहार गरेको कांग्रेसले आरोप लगाएको छ ।

यस्तै हुम्लाको खर्पुनाथ गाउँपालिका वडा नम्बर ५ को मन्धारा मावि मतदान केन्द्रमा अज्ञात समूहले ढुंगामुढा गरेको छ ।

मतदाताहरु लाइनमा लागिरहेका बेला अज्ञात व्यक्तिहरुले ढुंगामुढा गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन तीन राउन्ड हवाई फायर गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका प्रमुख विजयनाथ कायस्थले जानकारी दिएका छन् ।

रामेछापको दोरम्बा गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । स्थानीय तहको निर्वाचन सुरु भएलगत्तै दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।

झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गर्नुका साथै एक राउन्ड हवाई फायर गरेको छ । अहिले त्यहाँको निर्वाचन रोकिएको छ ।

21280 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv