दोस्रो चरणको चुनाव जेठ १२ गते !

शुक्रबार, बैशाख २२, २०७४



काठमाडौं । स्थानिय तहको दोस्रो चरणको चुनाव जेठ १२ गते सरकारले प्रस्ताव गरेको छ । सरकार तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको दोस्रो चरणको निर्वाचन बजेट भन्दा अघि नै गर्नेगरि प्रस्ताव गरेका छन् । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले जेठ १२ मा चुनाव गर्नुपर्ने एमालेको प्रस्ताव छ । सिंहदरबारमा शुक्रबार बिहान भएको छलफलमा प्रधानमन्त्रीले सरकारको गृहकार्य बारे जानकारी गराएका हुन् ।

सरकारलेजेठ ३१ गतेको लागि दोस्रो चरणको निर्वाचन घोषणा गरिसकेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी गठबन्धनले बजेटपछि निर्वाचन गर्न नहुने भन्दै सरकार र निर्वाचन आयोगको ध्यानाकार्षण गराएको छ।जेठ १२ गते हुने चुनावमा एमाले र राष्ट्रिय जनता पार्टीका नेताहरु सकारात्मक देखिएका छन् ।

सरकारले बजेट ल्याउनुभन्दा अघि नै जेठ १०, ११ वा १२ गते मध्ये जुन दिन दोस्रो चरणको निर्वाचन गरेपनि मान्य हुने प्रतिक्रिया एमाले शीर्ष नेताहरुले प्रधानमन्त्रीलाई दिएका छन् । सत्ता साझेदारदलसँग छलफल गरेर ठोस प्रस्ताव ल्याउने प्रधानमन्त्रीले बताएको एक नेताले जानकारी दिए ।

1772 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank