माइलो एमाले, जन्तरे कांग्रेस, साइली बुहारी माओवादी उम्मेदवार

बुधबार, बैशाख २०, २०७४



काठमाडौं ।
अजिरकोट गाउँपालिका १ घ्याच्चोकका एकै परिपारका दाजुभाइले एउटै पदमा चुनाव लड्ने भएका छन्। माहिला दाइ सनबहादुर तामाङ एमालेबाट अध्यक्ष पदमा र जन्तरे भाइ पूर्णबहादुर तामाङ सोही पदमा नेपाली काङ्ग्रेसबाट चुनावी मैदानमा उत्रिनु भएको छ। सँगै सोही परिवारकी साहिली बुहारी कान्छीमाया तामाङले नेकपा (माओवादी केन्द्र) बाट सोही वडाको सदस्य पदमा उम्मेद्वारी दिनु भएको छ।

प्रजातन्त्रमा आआफ्नो इच्छा अनुसार काम गर्न पाइने स्वतन्त्रता भएकाले चुनावी प्रतिस्पर्धामा उत्रिएको सनबहादुर तामाङले बताउनु भयो। तर दाजुभाइ तथा बुहारीसँग कुनै वैमनस्य नभएको उहाँको भनाइ छ। ‘जसले जितेपनि आफ्नै दाजु भाइ त हो, हामी स्वीकार्छौं,’ उहाँले भन्नुभयो, ‘हाम्रो घर पनि एकै ठाउँमा छ। घरमा हाँसिखुशी नै हुन्छ।’ यद्यपी परिवारको भोट बाँडिने चिन्ता भने उहाँलाई रहेछ। ‘अरु कुनै समस्या छैन तर दाजुभाइ एउटै पदमा चुनाव लड्दा परिवारको भोट चाँहि पक्कै बाँडिने भयो।’
बाबु माओवादी र छोरी कांग्रेस उम्मेदवार
त्यस्तै गोरखा नगरपालिका ११ का कृष्णप्रसाद रेग्मी र छोरी अप्सरा नेपाली (रेग्मी) फरक फरक पार्टीबाट चुनावी मैदानमा हुनुहुन्छ। बुबा माओवादी केन्द्रबाट र छोरी नेपाली काङ्ग्रेसबाट वडा सदस्य पदमा भिड्दै हुनुहुन्छ।
केहीबर्षअघि दलितसंग बिहे गरेको निहुँमा बुबाछोरीको झगडा परेपछि उनीहरु बीच सम्बन्ध बिग्रिएको थियो। ‘आ–आफ्नो विचार हो। उहाँ पनि उठ्नु भयो, म पनि उठेँ,’ अप्सराले भन्नुभयो, ‘अब हेरौं कसले जित्छ।’ सो वडामा कांग्रेस, एमाले र माओवादीको बराबरी प्रतिस्पर्धा हुने उहाँको भनाइ छ।
दाजु कांग्रेस, बहिनी माओवादी
त्यसैगरी सुलीकोट गाउँपालिका ३ स्वाँराबाट दाजुबहिनी फरक फरक पार्टीबाट चुनाव लड्दै हुनुहुन्छ। पहलमान गुरुङ काङ्ग्रेसबाट वडा अध्यक्ष पदमा र उहाँकै कान्छीबहिनी सनमाया गुरुङ माओवादी केन्द्रबाट गाउँपालिकाको उपप्रमुख पदमा चुनाव लड्दै हुनुहुन्छ।
छिमेकीका अनुसार उहाँहरुको सम्बन्ध सुमधुर छ। पहलमानले बहिनी चुनापमा उठ्ने भए आफू नउठ्ने बताएका थिए। बहिनी नउठ्ने भएपछि उम्मेद्वारी दिएकोमा पछि बहिनीले पनि पार्टीबाट टिकट पाएपछि दुवै जना चुनावी मैदानमा उत्रिएको छिमेकीले जानकारी दिए।
अन्नपूर्णपोष्टबाट

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank