टेक्ससमा कोरोना महामारीको बीचमा युएनएको निर्वाचन सम्पन्न

बुधबार, जेष्ठ १४, २०७७

- विजय थापा



डिसी । युनाइटेड नेपलिज एसोसिएसन (युएनए )ले कोरोना महामारीको बिचमा मुखावरण(मास्क)लगाएर वार्षिक अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ ।

अमेरिकाको टेक्सस राज्यको ड्यालस सहरमा भएको अधिवेशन मार्फत नयाँ समितिको समेत चयन गरेको छ । हरेक दुई वर्षमा नयाँ नेतृत्व परिवर्तन हुने र मेमोरियल डे (स्मारक दिवस )को सप्ताहान्तमा वार्षिक सम्मेलन समेत गर्ने भएता पनि यस पटक कोरोना भाइरसको कारण बाल्टिमोरमा हुने सम्मेलन अर्को वर्ष सारिएको छ ।

टेक्सस राज्यको ड्यालस सहरमा सम्पन्न अधिवेशनमा मास्क(मुखावरण)लगाई ६ फिट(हात)को सामाजिक दुरीमा केवल २५ जना भन्दा कम सहभागिता निर्वाचन सम्पन्न भएको हो ।

una 4

आगामी दुई वर्षका लागि युएनए को नयाँ कार्यकारी समितिमा भक्त’बव’भण्डारी अध्यक्षमा निर्वाचित भएका छन् । यसै गरी लामो समय देखि युएनए देखि अन्य सङ्घ/संस्थामा सक्रिय सहभागी जनाउँदै आएका पवन योञ्जन वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । यसै गरी महासचिव पदमा कमल कडायत निर्वाचित भएका छन् ।

मुख्य पदहरूमा पदाधिकारीहरूको निर्वाचन सम्पन्न भएको छ भने पूर्ण समिति निर्माण गर्न अब अन्य सदस्यहरूको मनोनीत हुने जानकारी वरिष्ठ उपाध्यक्ष पवन योञ्जनले ईनेप्लिजलाई बताए ।

युएनए संस्था गैर राजनैतिक,गैर धार्मिक,जातीय वा क्षेत्रीय सोचबाट मुक्त रहेको गैर मुनाफा सामाजिक संस्था हो । यसका संस्थापक टेक्ससका सफल व्यवसायी पासाङ लामा हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments