स्ववियू निर्वाचन स्थगित

मङ्लबार, फाल्गुन ६, २०७६



काठमाडौं । त्रिभुवन विश्व विद्यालय मातहतका क्याम्पसहरुमा हुने भनिएको स्वतन्त्र विदयार्थी युनियन (स्ववियू) निर्वाचन स्थगित भएको छ ।

यहि फागुन १४ गते हुने भनिएको स्ववियु निर्वाचन विविध कारण देखाउँदै स्थगित गरिएको हाे । त्रिभुवन विश्व विद्यालय कार्यकारी परिषदको साेमबार बसेको बैठकले अर्काे निर्णय नभए सम्मका लागि निर्वाचन स्थगन गरिएको जनाएको छ ।

वि.स.२०७३ फागुन १८ गते  भएको स्ववियू निर्वाचनको म्याद सकिए पनि फागुन १४ गते सम्मका लागि मात्र म्याद थप गरिएको छ । स्ववियु निर्वाचन अनिश्चितकालिन स्थगित भएपछि विदयार्थीहरु भने अन्यौलमा देखिएका छन ।

हेर्नुहाेस सूचना सहित

notice

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments