४० वडाले पायाे नेतृत्व

आइतवार, मंसिर १५, २०७६



काठमाडौं । शनिबार सम्पन्न उपनिर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । अहिले सम्म ४० स्थानको मत परिणाम सार्वजनिक भएको छ ।  सार्वजनिक मत परिणाम अनुसार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अग्र स्थानमा देखिएको छ ।

विभिन्न ५२ पदका उपनिर्वाचन २०७६ को हालसम्म ४० स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  का २३, नेपाली काँग्रेसका ११, राष्ट्रिय जनता पार्टी (राजपा ) का तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् ।

त्यस्तै भक्तपुरको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १  (क) मा नेपाली काग्रेसका  कृष्णलाल भँडेल विजयी भएका छन ।  कांग्रेस उम्मेदवार  भँडेल १३ हजार ७४८ मत सहित विजयी बनेका हुन ।  कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यकाे मत गणना जारी रहेकाे छ । हाल सम्म नेकपाका उम्मेदवार विद्या भट्टराइले  अग्रता कायम राखेकी छिन ।   धरान उपमहानगरपालिका प्रमुख, महोत्तरीको पिपरा गाउँपालिकामा  निर्वाचनको मतगणना कार्य जारी रहेकाे छ ।

प्रतिनिधिसभा सदस्य बागलुङ निर्वाचन क्षेत्र नं २ (ख)र दाङ प्रदेशसभा सदस्य क्षेत्र नं ३ (ख) सभामा नेकपाले अग्रता लिएकाे छ ।

1

2

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata