उपनिर्वाचनको अन्तिम नामावली सार्वजनिक, तीन जनाको उम्मेदवारी खारेज

आइतवार, कार्तिक २४, २०७६



काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा भाग लिने दलका प्रतिनिधिहरुको नाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि गत विहिबार उम्मेदवारी दर्ताका आव्हान गरेको थियो । उम्मेदवारीमाथि दाबी विरोध र उम्मेदवारी फिर्तालगायत प्रक्रिया पूरा गरी आइतबार अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचनका लागि भाग लिने उम्मेदवारीहरुको नामावली आइतबार प्रकाशन गरेको हो । उक्त नामावलीमा कास्की क्षेत्र नम्बर २ मा तीन जनाको उम्मेदवारी रद्ध गरेको हो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फका बन्द सूचीमा नाम उल्लेख भएका गजेन्द्र लिम्बू, तत्कालीन एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीको प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम उल्लेख भएका नवराज घले ९अहिले राष्ट्रिय नागरिक पार्टी०को तर्फबाट उम्मेदवारी दिएका र राष्ट्रिय मुक्ति आन्दोलन नेपालको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम उल्लेख भएका जयवन्त विक्रम शाह गरी तीन जनाको उम्मेदवारी बदर गरिएको आयोगले जनाएको छ ।

कास्की क्षेत्र नम्बर २ काे उपनिर्वाचनमा नेकपाबाट विद्या भट्टराइ, नेपाली काँग्रेसबाट  खेमराज पौडेल, साझा पार्टीका रजनी केसी, नेकपा(माले) बाट टेकनाथ भण्डारी, मङ्गोल नेशनल अर्गनाइजेशनका रियाज गुरुङ, समाजवादी पार्टीका धर्मराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)की गङ्गा मल्ल, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोमबहादुर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन ।

आयोगका अनुसार स्वतन्त्रबाट कमल जंग, जमुना शर्मा सुनिलबहादुर कोइराला, उमानाथ गौतम, दीपक रेग्मी, रनबहादुर दमै, नवराज बाँस्तोला, पुरुषोत्तम खनाल, लक्ष्मीकुमारी भुजेल, सुनिल भुसालले उम्मेदवारी दर्ता गराएका छन ।

प्रदेशसभा तर्फबाट

भक्तपुर निर्वाचन क्षेत्र नं १ को लागि नेकपाका तर्फबाट देवीप्रसाद ढकाल, काङ्ग्रेसबाट कृष्णलाल भडेल, नेपाल मजदूर किसान पार्टीका नीरज लवजूले उम्मेदवारी दर्ता गराएका छन । त्यस्तै कृष्णप्रसाद ह्योगो, जीवन नेपाली, कृष्णराम पोतामाहा, अर्जुन कोजु, उत्तम साखकर्मी, राकेश सुवाल, सुमना कार्की, सङ्गीता पौडेल, जीवनचन्द्र अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएका छन । समाजवादी पार्टीका सुदर्शन मुनकर्मी, नेकपा (माले)का सुदर्शन लामिछाने, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङमार लामा, काङ्ग्रेस (बिपी)का मधुसुदन न्यौपाने गरी कूल १९ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, बागलुङको प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा नं २ का लागि १० जनाले उम्मेदवारी दर्ता गराएका छन । वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही, काङ्ग्रेसका जितबहादुर शेरचन, राप्रपा (संयुक्त)का निमबहादुर भण्डारी, समाजवादी पार्टीका अशोककुमार विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवर, सन्तोष भण्डारीले स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको छ । यस्तै सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आले, शेरमान घर्ती स्वतन्त्र र मङ्गोल नेशनल अर्गनाइजेशनका तर्फबाट मित्रबहादुर मगरले उम्मेदवारी दिएका छन । त्यस्तै निर्वाचन क्षेत्र नं ३ को २ प्रदेशसभाका लागि प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरी कूल १४ जनाले उम्मेदवारी दर्ता गराएका छन । सो क्षेत्रमा नेकपाका तर्फबाट विमलाकुमारी ओली, काङ्ग्रेसका केशवराज शर्माले उम्मेदवारी दिएको छ । यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विकले उम्मेदवारी दर्ता गराएका छन । ।

यस्तै, नेपाल मजदूर किसान पार्टीका सुरेश परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका छोटीलाल थारु, नेपाल कम्युनिष्ट पार्टीका हरिप्रसाद डाँगी, समाजवादी पार्टीका डिल्लीबहादुर डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भूपाल रावत, मङ्गोल नेशनल अर्गनाइ जेशनका घनश्याम चौधरी, नेपाल लोकतान्त्रिकका झरेन्द्रबहादुर खत्री, काङ्ग्रेस  (बिपी ) का दीपकुमार धितालले उम्मेदवारी दिएको छ । त्यस्तै, टीकाराम आचार्य, गोविन्द केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata