उपनिर्वाचनका उम्मेदवारको नामावली प्रकाशन हुँदै

आइतवार, कार्तिक २४, २०७६



काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदैछ ।  प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको चुनावको लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको हो ।

निर्वाचन कार्यालयहरुले उम्मेदवारमाथिको दावी विरोध र उम्मेदवारी फिर्ता लगायतका प्रक्रिया पुरा गरेर अन्तिम नामावली प्रकाशन गर्न लागेको निर्वाचन आयोगले जनाएको छ । कार्यालयहरुले भोलि उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने छ । प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नम्बर २, प्रदेशसभातर्फ भक्तपुर क्षेत्र नम्बर १ को क, दाङ निर्वाचन क्षेत्र नम्बर ३ को ख र बागलुङ क्षेत्र नम्बर २ को २ मा हुने चुनावका लागि बिहीबार उम्मेदवारी दर्ता भएको थियो ।

कास्कीमा २२ जना, भक्तपुरमा १९ जना, बाग्लुङमा १० जना र दाङमा चौध जनाको उम्मेदबारी परेको छ । उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन भएसँगै जिल्लामा चुनावी सरगर्मी बढेको छ ।

स्थानीय तहका चारजना प्रमुख, एक जना उपाध्यक्ष र ४३ जना वडाअध्यक्ष गरी ३७ जिल्लाका ५२ ठाउँमा मंसिर १४ गते उपचुनाव हुँदैछ । ४ लाख ५४ हजार १ सय १४ जना मतदाताले उपचुनावमा भाग लिनेछन् । स्थानीय तहका लागि भने २७ कार्तिकमा मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata