निर्वाचनको कानून सुधार गर्नु पर्छ : प्रमुख आयुक्त यादव

शुक्रबार, कार्तिक ३०, २०७५



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले निर्वाचनको कानुन सुधार गर्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबार राजधानीमा भएके एक कार्यक्रममा बोल्दै प्रमुख आयुक्त यादवले कानुन मै निर्वाचनको मिति तोक्नुु पर्नेमा जोड दिए ।

उनले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई नदिने हो भने चुनावको मिति कानुनमै तोकिदिनु उपयुक्त हुनेमा उल्लेख गरेका छन् । निर्वाचनको तयारीका लागि पर्याप्त समय हुने गरी कानुनी व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

131 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank