स्याङजामा नेपाली कांग्रेसले गर्यो चारवटा बुथ कब्जा

बिहिबार, मंसिर २१, २०७४

loading...


काठमाडौँ । स्याङजामा नेपाली कांग्रेसले चारवटा बुथ कब्जा गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिकाका चार वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले एकलौटी मतदान गरेको हो ।

शिक्षामन्त्री गोपालमान श्रेष्ठको अगुवाइमा प्रहरी प्रशासन र निर्वाचन कर्मचारीकै मिलेमतोमा बुथ कब्जा गरिएको बाम गठबन्धनले दावी गरेको छ । वाम गठबन्धनले पुनः मतदानको माग गरेको छ ।

स्याङ्जा क्षेत्र नम्बर २ मा कांग्रेसबाट गोपालमान श्रेष्ठ र बाम गठबन्धनबाट एमाले नेता पद्मा अर्यालबीच प्रतिस्पर्धा भइरहेको छ । बुथ कब्जा भएको उजुरी निर्वाचन आयोगमा गरिएको छ । एमाले कार्यकर्तालाई लखेटेर बुथ कब्जा गरिएको थियो ।

679 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janamat health right side janta bank janata bank