विश्वभरका इस्लाम धर्मावलम्बीहरू ‘इद उल फित्र’ मनाउँदै

बुधबार, जेष्ठ २२, २०७६



काठमाडौं । इस्लाम धर्मावलम्बीहरूले आज (बुधबार) ‘इद उल फित्र’ मनाउँदै छन् । मंगलबार साँझ चन्द्रमा हेरिएपछि एक महिना लामो रमदान पर्व (रोजा) पूरा गर्दै इद उल फित्र मनाउन लागिएको हो ।

Muslim worshippers pray to celebrate Eid al-Fitr at the Stade des Martyrs in Kinshasa, Democratic Republic of the Congo. [John Wessels/AFP]एक महिना विभिन्न इस्लामिक ग्रन्थ पाठ गरी कठिन व्रत बस्ने गरिन्छ ।

Muslims celebrate Eid al-Fitr with mass prayers marking the end of Ramadan in Abuja, Nigeria. [Afolabi Sotunde/Reuters]

साउदी अरेबिया, कुवेत, कतार, युएइ, अफगानिस्तान, इराक, नाइजेरिया लगायतका देशमा मंगलबार तथा इजिप्ट, जोर्डन, इन्डोनेसिया, जापान, मलेसिया, थाइल्याण्ड, भारतन नेपाल लगायतका मुलुक हरुमा भने बुधबार ‘इद उल फित्र’ मनाइंदै छ ।

Libyan Muslim worshippers gather to perform Eid al-Fitr prayers at the Martyrs Square in the capital Tripoli. [Mahmud Turkia/AFP]

गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यो महिनाको व्यवस्था गरेको बताइन्छ।  इद उल फित्रका अवसरमा एक आपसमा खुसियाली साट्दै शुभकामना आदानप्रदान गर्ने चलन छ। यो दिनमा पवित्र भई नयाँ नयाँ सफा पवित्र लुगा लगाई मस्जिदमा गएर नमाज पढ्ने परम्परा छ ।

Muslims arrive to perform Eid al-Fitr prayer at the Blue Mosque (Rawza-i-Sharif or Shrine of Ali Mosque) in Mazar-i-Sharif, Afghanistan. [Sayed Khodaberdi Sadat/Anadolu]

इदको नमाज मस्जिदबाट अलग्गै बस्तीबाट केही टाढा बाहिर खुला मैदान (इदगाह)मा गएर पढिन्छ । नमाजका लागि जाँदा सबै मुसलमान  तक्विर(जप) पढ्दै हिड्छन्, “अल्लाहु अक्बर, अल्लाहु अक्बर, लाईलाह इल्लल्लाहु वल्लाहु अक्बर अल्लाहु अक्बर वलिल्लाहिल् हम्द ” । जसको अर्थ “अल्लाह सबैभन्दा महान् छन्, अल्लाह सबैभन्दा महान् छन्, उनका अतिरिक्त पूज्य कोही छैन, अल्लाह सबैभन्दा महान छन्, अल्लाह सबैभन्दा महान छन्, सबै प्रशंसा अल्लाहकै लागि हुन्।” हरेक गल्ली, बजार एवं बाटो र सडकहरूमा यही नारा लगाइन्छ ।

Security forces stand guard outside the 17th of Ramadan Mosque as Muslims gather for prayers on the first day of Eid al-Fitr in Baghdad, Iraq. [Khalid Mohammed/AP Photo]

ईदगाहको मैदानमा जब सबै मानिस नमाज पढ्नका लागि एकत्रित हुन्छन् तब पंक्तिबद्ध भई एकाग्रतासाथ दुई रकअत नमाज पढ्छन्। इमाम (धर्मगुरु) उभिएर खुत्बा(प्रवचन) दिन्छन ।

Muslims perform Eid al-Fitr prayer at Addis Ababa Stadium in Ethiopia. [Minasse Wondimu Hailu/Anadolu]

फोटो: अल जजिरा

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank