‘इजी ट्याक्सी नेपाल’ एप्स, ५ मिनेटमै ट्याक्सी घरमा

बुधबार, बैशाख ४, २०७६



काठमाडौं । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै प्रविधिमैत्री ट्याक्सी सेवा सञ्चालन गर्न लागेका छ ।

मुलुकमा प्रविधिको बढ्दो प्रयोगलाई अंगिकार गर्दै मोबाइल एप्समा आधारित सेवा दिन लागेको उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वा छानेले बताए ।

समाजले मोबाइल एप्स ‘इजी ट्याक्सी नेपाल’ मार्फत वैशाख दोस्रो सातादेखि परिक्षणको रुपमा एप्समा आधारित हुँदै ट्याक्सी सेवा दिने भएको जनाएको छ । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले सरकारी मूल्यदरमा नै सेवा दिने तयारी गरेको छ ।

यस्तो छ नियम:

हाल काठमाडौं उपत्यकामा मात्र सञ्चालन गरिने ‘इजी ट्याक्सी नेपाल’ एप्सको सेवाका लागि यात्रुहरुले सो एप्स डाउनलोड गरेर दर्ता गर्नुपर्ने हुन्छ । यसको लागि कस्टमर ‘लग इन’ रजिस्टार बनाइएको छ भने यात्रुले ‘लग इन’ गरेपछि त्यसमा देखिने रियल टाइम म्यापमा आफू बसेको स्थानदेखि जाने गन्तव्य छनौट गर्नुपर्दछ ।

यात्रुहरुले एप्समा गरेको अनुरोधको आधारमा सो क्षेत्रमा नजिक भएका ट्याक्सी चालकहरुले सोहि एप्समार्फत सो अनुरोधलाई स्विकार गर्नेछन् । र त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमा गएर सेवा दिनेछन् ।

सफ्टवेयर कम्पनीको सहयोगमा तयार पारिएको एप्सबाट यात्रुहरुले अनुरोध गरेपछि ट्याक्सीले यात्रु भएकै स्थानमा ५ मिनेटमा नै पुगेर सेवा दिने उनले स्पष्ट पारे ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata