शिक्षामा लैंगिक विभेद : छोरा स्कुल, छोरीलाई घरधन्दा

शनिबार, फाल्गुन १०, २०७६



विद्यालय छिमेकी गाउँमा छ । बिहान कान्छो भाइ सुमनलाई विद्यालय पुर्‍याउने र बेलुका घर ल्याउने उनको आफू पनि विद्यार्थी बनेर कक्ष कोठामा बस्ने र पढ्ने रहर भने सपनाजस्तै भएको छ ।

विद्यालय गएर पढ्नुपर्ने उमेरकी उनको बाँकी समय घरधन्दा, मेलापात र गाइबाख्रा चराउन बनपाखा जाँदैमा बित्छ । उनी हुन् तलकोट गाउँपालिका–५ भक्तपुरकी ११ वर्षीया काली विक ।

भाइले स्कुल गएर पढ्दा आफू भने घरधन्दा र मेलापातमा सीमित हुनेपरेको गुनासो गर्दै उनले भनिन्, ‘ओखल (ढिकी) मा धान कुट्ने, खाना पकाउन आमालाई सघाउनेदेखि गाईबाख्रा चराउने र मेलापातसम्मका काम गर्छु । विद्यालय जान्छु भन्दा आमाबाबुले छोरीले पढ्ने भन्दा घरधन्दा गर्न जान्नुपर्छ, घरको काम नजाने ठूलो भएपछि बिहे गरेर पराइ घर जाँदा दुःख पाइन्छ भन्नुहुन्छ । पढ्न पाए ठूलाे मान्छे बनेर गाउँको सेवा गर्ने मन थियो । मैले चाहेर पनि विद्यालय पढ्न पाइनँ ।’

उनका भाइ बोर्डिङ स्कुल सेती साइपाल एकेडेमीमा कक्षा १ मा पढ्छन् । नागरिक दैनिक

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments