शिक्षामा निरन्तर मुल्याङ्कन अलपत्र

सोमवार, चैत्र ३, २०७६

- दिपक राज जोशी



बझाङ ।  अहिले विद्यालय तर्फको वार्षिक परीक्षा धमाधम चलिरहेको छ  । भौतिक संरचनाको अभावका कारण बझाङका कयौं विद्यालयको स्थिति नाजुक देखिन्छ ।  विद्यार्थीहरु कतै खुला आकाश त कतै कक्षाकोठामा परीक्षा दिइरहेका छन ।

राज्यले कक्षा १ देखि ३ सम्म निरन्तर मुल्याङकनलाई शतप्रतिशत लागु गरिनुपर्ने मापदण्ड बनाएको छ । त्यस्तै गरि कक्षा ४ र ५ मा ५०प्रतिशत निरन्तर मुल्याङ्कन गरि बाँकी परिक्षा लिईने व्यवस्था गरिएको छ । ६ र ७ कक्षा मा ४० प्रतिशत निरन्तर मुल्याङ्कन गरि ६० प्रतिशत परिक्षा लिइने प्रावधान रहेकाे छ । तर बझाङ जिल्लामा भने सबै कक्षाहरुको परिक्षा लिने गरेको छ ।

 निरन्तर मुल्याङकन प्रणाली अन्तरगत दैनिक कक्षाकोठामा प्रत्येक विद्यार्थिको मुल्याङकन गरि रजिस्टरमा उल्लेख भए बमोजिम वार्षिक रुपमा नतिजा प्रकाशन  गरी बिद्यार्थिको शैक्षिक मापन गर्ने गरिन्छ ।  बिज्ञहरुले नै निरन्तर मुल्याङकनको माध्यमबाट विद्यार्थीको शैक्षिक गुणस्तरमा राम्रो प्रभाव पर्ने भएको बताए पनि यहाँका अधिकाश विद्यालयमा याे व्यबहारिक रुपमा लागु हुन नसकेकाे  जयपृथ्वी नगरपालिकाका शिक्षा सयोजक राजेन्द्र जोशीले बताए । उनि भन्छन,परिक्षा नलिदा अभिभावक पनि परिक्षा समेत नलिने भनेर आलोचना गरिरहेका हुन्छन ।  त्यसैले पनि बिद्यालयले परिक्षा लिइरहेका हुन्छन ।

निरन्तर मुल्याङकनको माध्यमबाट विद्यार्थीको शैक्षिक मापन गरिने कुरा आफुहरुले थाहा नभएको  सुर्मा गाउपालिकाका प्रमुख नर बहादुर बोहराले बताए । निरन्तर मुल्याकन प्रणालीबारे आफूलाई पनि कुनै  जानकारी नभएको जालपा माध्यमिक बिद्यालयका शिक्षक अभिभावक सघका अध्यक्ष कृश्ण राज जोशीले बताए ।

प्रश्नपत्र दिएर उत्तर लेखाउने पद्धती भन्दा कक्षाकोठामा गरिने निरन्तर मुल्याङकन नै अतिराम्रो भएपनि व्यवहारिक रुपमा लागु नगरिएको शिक्षा क्षेत्रका जानकार बसन्तप्रताप सिहले बताए । विद्यार्थीकाे निरन्तर मुल्याङकनबाट गरिने नतिजाको बारेमा यहाँका  कयाै अभिभावक अनविज्ञ रहेका छन।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments