नेपाली भाषामै कमजोर छन् नेपाली विद्यार्थी, गणितमा राम्राे

आइतवार, कार्तिक २५, २०७५



काठमाडौं  । नेपाली विद्यार्थी नेपाली विषयमै कमजोर देखिएका छन्। निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि गरिएको एक अनुसन्धानले उनीहरू नेपाली विषयमा औसतभन्दा कमजोर देखिएका हुन्।

शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ)ले यो वर्ष गरेको अध्ययनअनुसार नेपाली विषयमा अधिकांश प्रदेशका विद्यार्थीले औसत अंक पनि प्राप्त गरेनन्। चारवटा प्रदेशका विद्यार्थी औसतभन्दा कमजोर देखिएका छन् भने तीनवटा प्रदेशले औसत अंक बल्लतल्ल कटाएकाे समाचार नयाँ पत्रिकामा छ ।

अध्ययनअनुसार गणितभन्दा पनि नेपालीमा विद्याथी कमजोर छन्। गणितमा तीनवटा प्रदेशले औसत अंक ल्याउन सकेकोमा नेपालीमा चारवटा प्रदेश असफल भएका छन्। विज्ञानमा भने पाँचवटा प्रदेशले औसत अंक ल्याउन सकेका छैनन्।

125 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank