नेपालका विभिन्न शहरहरुमा अष्ट्रेलियन शैक्षिक मेला सुरु हुँदै

सोमवार, भदौ ४, २०७५



काठमाडौं । ग्रेस इन्टर नेशनलको आयोजनमा नेपालका विभिन्न शहरहरुमो वृहत अष्ट्रेलियन शैक्षिक मेला सुरु हुने भएको छ ।

अध्ययनको शिलसिलामा अष्ट्रेलियामा पढ्न जाने विद्यार्थीहरुलाई लक्षित गर्दै यहि भाद्र १३, १४, १५ र १७ गते क्रमस बुटवल, चितवन,पोखरा र काठमाडाै‌मा बृहत शैक्षिक मेलाको आयोजना गर्न लागिएको ग्रेस इन्टर नेशनल नेपाले जनाएको छ । सो शैक्षिक मेलाको अवलोकनका लागि अस्ट्रेलियाका बिभिन्न २० बढी विश्वबिद्यालय तथा कलेजहरुको उपस्थिती हुने आयोजकले जनाएको छ ।

 शैक्षिक आयोजना विगतको भन्दा फरक बनाउन यस पटक प्रबिधिको प्रयोग गरी विद्यार्थीहरुलाई सहज र सरल तरिकाले शैक्षिक जानकारी दिन लागिएको संस्थाका प्रबन्धक निर्देशक एन्ड्र्यु पौडेलले जानकारी दिए ।

संस्थाले बिदेश अध्ययान गर्न जानु अघी बुझ्नै पर्ने अति आवश्यक जानकारी मुलक गतिविधि प्रदान गरी बिदेश अध्ययनलाई सहज र सरल बनाउन मेलाको आयोजना गरिएको बताएको छ ।

सन् २००६ मा स्थापना भएको यस ग्रेस इन्टर नेसनलले आफ्नो स्थापना काल देखी नै विद्यार्थीहरुलाई परामर्श दिदै आएको छ ।  नेपालबाट बिषेश गरी अध्यायनको शिल सिलामा अस्ट्रेलिया जानेहरुलाई अस्ट्रेलिया मै पनि सहयोग पुर्याउने उदेश्यले अस्ट्रेलियाको सिडनी, एडिलेट र मेल्बनमा पनि शाखा बिस्तार गरी सहयोग पुर्याउदै आएको प्रबन्धक निर्देशक पाैडेलले बताए ।  यस बर्ष मात्रै ३५ हजार बढी बिद्यार्थीहरुले उच्च शिक्षाको लागि अस्ट्रेलिया रोजेको तथ्याङले रहेको संस्थाले जनाएको छ ।

311 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank