१७ सम्पादकहरूद्वारा चिनियाँ राजदूतावासको ध्यानाकर्षण

बुधबार, फाल्गुन ७, २०७६



काठमाडौं । कान्तिपुर पब्लिकेसन्सको अंग्रेजी पत्रिका ‘द काठमान्डु पोष्ट’मा प्रकाशित एउटा लेखबारे काठमाडौंस्थित चिनियाँ राजदूताबासद्वारा जारी विज्ञप्ती प्रति सम्पादकहरुले ध्यानाकर्षण भएको जनाएका छन ।

काठमाडौंस्थित चिनियाँ दूतावासले विज्ञप्ती मार्फत ‘द काठमाडौं पोस्ट’मा मंगलबार प्रकाशित एक आलेख र तस्वीरले चीनविरुद्ध द्वेष फैलाएको भन्दै आपत्ति प्रकट गरेको थियो ।

विज्ञप्तिमा पत्रिकाका प्रधान सम्पादक अनुप काफ्ले समेतको नाम उल्लेख गरी उनी चीन मामिलामा जहिल्यै पूर्वाग्रही रहेको र यसपटक त चीनविरोधी शक्तिको सुगा बनेको आरोप समेत लगाइएको थियाे।

बुधबार एक प्रेस विज्ञप्ती निकाल्दै विभिन्न संञ्चार माध्यमका १७ जना सम्पादकहरुले त्यसको विरोध जनाएका हुन ।  प्रेसमा आएका सामग्रीप्रति असहमति राख्ने, त्यसको खण्डन गर्ने व्यक्ति वा संस्थाको अधिकारको हामी सम्मान गर्छौं,’ सम्पादकहरूको विज्ञप्तिमा भनिएको छ,‘तर कुनै विचार वा समाचार प्रकाशित गरेबापत सम्पादकको नामै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ। त्यस्तो कार्यको हामी भत्सर्ना गर्छौं। दूतावासको विज्ञप्तिले कूटनैतिक मर्यादा पनि नाघेको हामी स्मरण गराउन चाहन्छौं।’विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

संविधानले पूर्ण रुपमा प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरेको उल्लेख गर्दै त्यसको अभ्यास र रक्षा गर्न सम्पादकहरु प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।

हेर्नुहाेस विज्ञप्तीeditor

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments