एक आपसमा सास गन्हाउने एमाले माओवादी केन्द्रको तालमेल

मङ्लबार, कार्तिक ७, २०७४

loading...

- बालकुमार नेपाल



केही समय पहिला सम्म नेपालको सरकार बनाउने र गिराउने औपचारिक रुपमा नेपालको संसदले गथ्र्यो । तर त्यसको वास्ताविक दाम्लो अर्कैले समाएर बसेको हु्न्यो । तर संविधानसभाको दोस्रो चुनाव पछि कतिपय शक्तिले नचाहदा नचाहदै पनि संविधान जारी भयो। नेपालको राजनीतिमा नेपाली आफैले गरेको यति ठ्लो निर्णय यो पहिलो नै हो भन्न सकिन्छ ।

मन नपरेको श्रीमान वा श्रीमतिको सास गन्हाउने भन्ने नेपाली उखान हामीले सुनेका छौ । पहिला पहिला केटा वा केटी देखाएर वा सोधेर बिबाह गर्ने चलन थिएन । तर त्यसरी गरिएको बिबाह जोडीको धेरैको घर जम हुन्थ्यो थोरैको िबग्रन्थ्यो । थोरैको छुट्थ्यो । धेरैको सफलताका कारण बाबु आमाले गरेको मानिदिईहालौ भनेर पनि चल्थ्यो । यसमा चाहि बाउ आमा माथि भरोसा वा विश्वास गरिएको मानिन्छ । अहिले एमाले र माओवादी केन्द्रबीच चुनावमा तालमेल गर्ने र चुनाव पछि पार्टी एक्ता गर्ने कुरा बाउ आमाको निर्णय जस्तै बनेको छ । नेपालको राजानीतिमा धेरै किसिमका खेल चल्ने गर्छन । धेरैले नेपाललाई फु्टवल बनाउने प्रयास गरेका छन ।

केही समय पहिला सम्म नेपालको सरकार बनाउने र गिराउने औपचारिक रुपमा नेपालको संसदले गथ्र्यो । तर त्यसको वास्ताविक दाम्लो अर्कैले समाएर बसेको हु्न्यो । तर संविधानसभाको दोस्रो चुनाव पछि कतिपय शक्तिले नचाहदा नचाहदै पनि संविधान जारी भयो। नेपालको राजनीतिमा नेपाली आफैले गरेको यति ठ्लो निर्णय यो पहिलो नै हो भन्न सकिन्छ । दोस्रो निर्णय बाम तालमेलको कुरा हो। एमाले र माओवादी केन्द्रबीच तालमेलमा हस्ताक्षर हुनु अघि सम्म पार्टीका दोस्रो तहका नेतालाई समेत थाहा थिएन। हस्ताक्षर हुनु केहि सेकेण्ड अघि सम्म कतिपय ठाँंउमा एमाले र माओवादी केन्द्रका कार्यकर्ता जुध्न लागेको गोरुको अवस्थामा थिए। टाढाबाटै एक अर्कालाई रातो आँंखा पारेर हेरेर बसेका थिए । तर जव केन्द्रमा हस्तक्षर भयो तलका कार्यृकर्ता झसंङ भए ।

एमाले र माओवादी केन्द्रबीच छ महिना पहिला देखि एकता र तालमेलका लागि भएको छलफलको सुईको पाउन नसक्ने भारतीय गुप्तचर संस्था र अमेरिकी गुप्तचर संस्था सिआईए समेत दोस्रो पटक असफल भए । उनीहरु यस भन्दा अघि ०६४ सालको संविधानसभाको निर्वाचनमा असफल भईसकेका थिए । एमाले र माओवादीबीचको तालमेलमा पछि मिसिन आए डा बाबुराम भट्टराई । उनी आउनु र जानुमा कुनै रहस्य छैन भन्न सकिन्न। धेरैको उनीमाथि टिप्प्णी थियो यी एमाले माओवादी केन्द्रको एकता भाँंड्न आएका हुन् । पछि उनको बर्हिगमनले समेत यो टिप्प्णीलाई पुष्टि गरेको छ। कांग्रेसले दिए एक सिटमा चित्त बुझाउने र तर बाम गठबन्धनमा १५ सिट माग्ने उनको नियत आफैमा माथिको टिप्पणी पु्ष्टि गर्ने प्रमाण भएको छ ।

हुन त यस भन्दा अगाडि गरिएका कम्युुनिष्ट पार्टीहरुको एकीकरण पनि उदाहरण छन् । तर ती आकस्मिक थिएनन् । लामो समय सार्बजनिक छलफल चलाएर गरिएका थिए। ०४७ सालमा माले र माक्र्सवादीको एकता नेपालको राजनीतिमा महत्व राख्ने एकता हो। तर अहिलेको भन्दा त्यो एकता किन भिन्न थियो भने पार्टी अलग अलग भए पनि सबै तहका नेता तथा कार्यकर्ता एउटै मिनमा थिए। सबै पंचायत बिरुद्ध लडेर आएकाले अहिलेका एमाले र माओवादी केन्द्र जस्तो राता आँंखा पारेर जुध्ने बेलाको गोरु जस्तो एक अर्कालाई हेरेर बसेका थिएनन् । तर अहिले एमाले र माओवादी केन्द्रका नेताहरु फरक फरक परिवेशबाट अगाडि आएका हुन्। एमाले लामो संसदीय राजनीति गर्दै आएको पार्टी हो भने माओवाद ी युद्धबाट संसदीय अभ्यासमा आएको पार्टी हो। जनयुद्ध कालमा माओवादीले एमालेका सयौ कार्यकर्ताको हत्या गरेको थियो। सयौ घाईते बनाएको थियो। माआोवादीले हत्या गरिएका परिवारका सदस्य अहिले पनि छदैछन् । यसै कारणले एमाले र माओवादी केन्द्रका तल्लो तहका कार्यकर्ताबीच कटुता बढेको थियो।

जव चुनावमा तालोल गर्ने केन्द्रमा हसताक्षर भयो तव ती एक अर्कालाई स्विकार गर्न अंगालो मार्न बाध्य भएका छन् । यीनिहरु कसरी आपसमा बोल्लान भन्ने जिल्लाका एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु केन्द्रमा भएको हस्ताक्षर जस्तै एक अर्कामा लपक्क टासिएका छन् । अघि माथि नै उल्लेख गरे जस्तो केटा केटी नदेखाई गरिएको बिहेका बेहुला बेहुली भएका छन। कतिपय ठाँंउमा भने बाउ आमाको निर्णयमा चित्त नबुझेर असफल भएको बिबाहका दुल्हा दुलही भएका छन । केन्द्रमा जसरी तालमेल र एकता भएको मननपरेको श्रीमतिका वा श्रीमानको सास गन्हाउने भए पनि बा आमाले गरेको निर्णय भनेर स्विकारेका छन उनीहरुले ।

763 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv