हावाहुरी पीडितलाई जनता बैंकद्वारा  आर्थिक सहयोग

शुक्रबार, असार ६, २०७६



कैलाली । गत जेठ २३ गते सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी आसपासमा आएको भिषण हावाहुरी पीडितहरुलाई जनता बैंकले आर्थिक सहयोग गरेको छ ।

हावाहुरी पीडितहरुलाई बैंकले नगद सहयोग गरेको छ।धनगढी उपमहानगरपालिकाले संचालन गरेको ‘धनगढी उपमहानगरपालिका प्रकोप ब्यबस्थापन कोष’लाई बैंकको तर्फबाट रु. १ लाख ५० हजार नगद सहयोग उपलब्ध गराइएको बैकले जनाएको छ ।

 उक्त सहयोग रकमको चेक बैंकको सुदरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख मुकुन्द प्रसाद भट्टले धनगढी उपमहानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टलाई हस्तान्तरण गरे ।

रकम पीडितहरुको पुनःस्थापनाको क्षेत्रममा खर्च गरिने छ ।  जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैविप्रकोप राहत लगाएत अन्य विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । नागरिकको दुखमा साथ दिने कार्यले पछिल्लाे समयमा जनता बैंककाे लोकप्रियता चुलिदै छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank