इबोलाले लियो १६ सयको ज्यान, डब्ल्युएचओद्वारा ‘विश्व स्वास्थ्य सङ्कटकाल’ घोषणा

बिहिबार, साउन २, २०७६



एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला महामारी फैलिएको छ । इबोलाका कारण हालसम्म १६ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् । १० लाख भन्दा बढी जनसंख्या रहेको कङ्गोको गोमा सहरमा एकाएक इबोलासम्बन्धी घटनाहरू सार्वजनिक भएपछि थप सतर्कता अपनाउँदै विश्व स्वास्थ्य सङ्गठनले ‘विश्व स्वास्थ्य सङ्कटकाल’ घोषणा गरेको छ ।

कंगोमा हाल देखिएको इबोला संक्रमणले सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा देखिएको उक्त रोगको भयावह महामारीलाई पुन: ताजा बनाएको छ। त्यसबेला झण्डै ११ हजार जनाको ज्यान गएको थियो भने २८ हजार जनामा संक्रमण देखिएको थियो ।

सम्बन्धित छवि

 सङ्कटकालको अर्थ के हो?

जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय चासो सहितको सङ्कटकाल निकै संवेदनशील खतराको सङ्केत हो । यस्तो अवस्था हालसम्म चार पटक मात्र उत्पन्न भएको जनाइएको छ । अहिलेसम्मकै दोस्रो ठूलो प्रकोप मानिएको घटना सन् २०१८ को अगस्ट महिनाबाटशुरु  भएको थियो र यसको मारमा उत्तरी किभु र इटुरी प्रान्त परेका छन्।

इबोला

स्थिति कस्तो छ?

इबोला सङ्क्रमितको सङ्ख्या २५ सयभन्दा बढी रहेको बताइएको छ जसमध्ये दुईतिहाइको मृत्यु भइसकेको छ । इबोलाबारे प्रत्येक दिन १२ वटा नयाँ घटना सार्वजनिक हुने गरेका छन् ।

उक्त रोगको खोप ९९ प्रतिशत प्रभावकारी भए पनि सबैले त्यस्तो खोप नलगाएकाले सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको बीबीसीले बताएको छ ।

हाल सम्म एक लाख ६१ हजारभन्दा बढी सङ्क्रमित भएका वा सङ्क्रमित व्यक्तिसँग प्रत्यक्ष सम्बन्ध राखेका मानिसहरूलाई खोप लगाइएको छ ।

सम्बन्धित छवि

अरू जोखिम कस्तो छ?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार इबोलाको प्रकोप प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट बाहिर फैलिन सक्ने प्रबल सम्भावना छ । युगान्डा र रुवान्डा उच्च जोखिममा रहेको बताइएको छ ।

युगान्डामा पनि केही बिरामी फेला परेका छन्। अहिलेसम्म त्यहाँ एक पाँच वर्षीय बालक र उनकी ५० वर्षीया हजुरआमाको मृत्यु भइसकेको छ।

रुवान्डामा पनि रोगको जोखिम भएको बताइएको छ। रुवान्डा र कङ्गको सीमामा अवस्थित गोमा सहरमा यही हप्ता एक व्यक्तिको मृत्यु भएको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले इबोलासँग जुध्न आफूहरूसँग पर्याप्त रकम नभएको बताएको छ । विश्व स्वास्थ्य सङ्गठनले सो रोगको सङ्घर्षमा आफूलाई फेब्रुअरीदेखि जुलाई महिनासम्ममा नौ करोड ८० लाख डलर आवश्यक परेको तर पाँच करोड ४० लाख डलर नपुगेको जनाएको छ

सम्बन्धित छवि

इबोला के हो?

इबोला
इबोला एउटा भाइरसबाट लाग्ने रोग हो । चमेरा, बाँदर, चिम्पान्जी, गोरिल्ला जस्ता जनावरलाई इबोलाको मुख्य स्रोत ठानिन्छ । त्यस्ता संक्रमित जनावरका रगत, शरीरका अंग वा शरीरका तरल पदार्थसँग सम्पर्कमा पुगेपछि मानिसमा इबोला देखा परेको बताइन्छ ।

चिकित्सकहरूले संक्रमित व्यक्तिका शरीरबाट निस्कने पसिना सहितका तरल पदार्थको एकदमै सानो परिमाणबाट पनि इबोला सर्नसक्ने र शुरुमा खोकी जस्ता लक्षण देखिने बताउने गरेका छन् । यसले शुरुमा अकस्मात् ज्वरो आउँछ र शरीर एकदमै दुर्बल हुन्छ। मांसपेसीमा पीडा हुन्छ र घाँटी दुख्न थाल्छ ।

  • बिस्तारै बान्ता र पखाला हुनथाल्छ, आन्तरिक तथा बाह्य रक्तस्राव पनि हुन्छ ।
  • रोगग्रस्त मानिसको छाला, मुख, नाक, रगत, बान्ता, दिसा वा शरीरबाट उत्पन्न हुने अन्य तरल पदार्थ सोझै छुँदा इबोला भाइरस सर्छ ।
  • शरीरबाट पानी र नूनको मात्रा घटेर तथा धेरै अङ्गले एकैचोटि काम गर्न छोडेर बिरामीको मृत्यु हुन सक्छ ।
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata