सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्प

बिहिबार, मंसिर १२, २०७६



सिन्धुपाल्चाेक । सिन्धुपाल्चाेक केन्द्रबिन्दु बनाएर गएराति ५ रेक्टर स्केलकाे भूकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार  बुधबार राति १० बजेर ८ मिनेटमा ५ रेक्टर स्केलकाे भूकम्प गएकाे हो।

करिब १० सेकेन्डसम्म महसुस गरिएकाे भूकम्पले सिन्धुपाल्चाेकसहित काभ्रे, काठमाडाैं उपत्यका, मकवानपुर, दाेलखा, नुवाकाेट, धादिङलगायतका जिल्लासम्म हल्लाएकाे छ ।

घरबाट हतारिएर निस्कने हुँदा मित्रपार्क बस्ने उदयपुर गाइघाटकी रमा चाैधरी सामान्य घाइते भएकी छन् ।

भूकम्पबाट कुनै किसिमकाे क्षति भए/नभएकाे भन्ने विवरण भने प्राप्त भएकाे छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata