सुदूरपश्चिममा भूकम्पको धक्का महसुस
मङ्लबार, कार्तिक २६, २०७६

काठमाडौं । आज(मंगलबार) बिहान भारत केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
केन्द्रका अनुसार भारतको मुन्सीयारी केन्द्रबिन्दु भएर गएको ४ दशमलब ६ रेक्टर स्केलको भूकम्पका कारण बैतडी र दार्चुलामा धक्का महसुस गरिएको हो।
भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहका अनुसार बिहान ७ बजेर ४५ मिनेटमा भूकम्प गएको हो ।
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments