भुकम्पको सम्झनामा ठकुरी सहयोग संञ्जालले दीप प्रजलन गर्ने

बुधबार, बैशाख १२, २०७५



काठमाडौं । भुकम्पको सम्झनामा ठकुरी सहयोग सञ्जालले दीप प्रजलन गर्ने भएको छ । वि.स. २०७२ बैसाख १२ गते आजकै दिन गोरखाको वारपाकलाई केन्द्र बिन्दु बनाएर ७.८ रेक्टर स्केलको भुकम्पमा परि ज्यान गुमाउनेहरुको सम्झनामा सञ्जालले दिप प्रजलन गर्ने भएको हो ।

सो भुकम्पका बेला ठकुरी सहयोग सञ्जालले विभिन्न किसिमका मानविय, आर्थिक तथा भौतिक सहयोग गरेका थियौं । हामी जातीयता माथि गएर मानवीय कार्यमा लाग्दै आएका छौ, सोही सम्झानामा सञ्जालको कार्यालय सगरमाथा कम्लेक्स नक्साल अगाडि ४ बजे दिप प्रज्वल गर्ने अध्यक्ष रेशमजंग शाहले बताए । बैसाख १२,१३ र २९ गते गरि तीन पटक गएको विनासकारी भुकम्प र सयौं कम्पनले नेपालमा अभूतपूर्व क्षति भएको थियो ।

नेपाल सरकार गृहमन्त्रालयका अनुसार मानविय क्षति सङ्ख्या ८ हजार ६ सय ५९, बेपत्ता संख्या ३ सय २७ घाईतेको संख्या २१ हजार ९ सय ५२ रहेको छ । त्यस्तै पूर्ण क्षति भएका घरहरु ५००७१७, आंशिक क्षति भएका घरहरु २,६९,१९०, सरकारी कार्यालयहरुको क्षति ४,२२०, विध्यालय कक्षाकोठाको पुर्ण क्षेति १३,२१२, विध्यालय कक्षाकोठाको आशिक क्षेति ५,०१०, स्वास्थ संस्थाको पुर्ण क्षति ३७५, स्वास्थ संस्थाको आंशिक क्षति ६४८, खाध्यान्न क्षति १,३५१८७ मेट्रीकटन, पुशु बस्तु को ५४,४१ क्षति भउको विवरणहर रहेका छन् । सञ्जाल भुकम्पका बेला गरेको सहयोगको विवरण यस्तो छ

ts

 

 

 

 

 

 

jj df

 

76 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank