भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरण गर्ने म्याद तीन महिना थप

मङ्लबार, चैत्र २०, २०७४



काठमाडौं । भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरणको म्याद तीन महिना थप भएको छ। यसभन्दा अघि चैत्र मसान्तसम्म भित्र अनुुदानकाे रकम लिर्इसक्नु पर्ने समय ताेकिएकाे थियाे ।  अनुुदान वितरणका म्याद अब असार मसान्तसम्म थपिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले तीन महिना म्याद थप्ने निर्णय गरेको हो । सबै लाभग्राहीले अनुदान रकम नपाउने स्थति आएपछि म्याद थपिएको समितिले जनाएको छ ।

निजी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको छ । त्यसपछि क्रमशः स्वास्थ्य चौकी, शिक्षा र पुरातात्विक संरचना निर्माणलाई प्राथमिकतामा राखिएको छ । बनिसकेका घरलाई भने अनुदान दिइने छ ।

राष्ट्रिय पूननिर्माण प्राधिकरणका अनुसार भूकम्प पीडितका एक लाख १४ घर बनिसकेका छन् । ३ लाख ९० हजार घरहरु निर्माणाधीन छन् । अहिलेकै गतिमा निर्माण प्रक्रिया जारी रहेमा आगामी असारसम्म ४ लाख ५० हजार घर निर्माण गर्ने लक्ष्य पूरा हुने प्राधिकरणले जनाएको छ ।

180 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank