चीनमा ६.० म्यागनिच्युडको भूकम्प, मृतकको संख्या बढ्दै

मङ्लबार, असार ३, २०७६



एजेन्सी । चीनको  सिचुआन प्रान्तमा गत सोमबार र आज(मंगलबार) बिहान आएको शक्तिशाली भूकम्पको दुई वटा झट्कामा एघार मानिसले जीवन गुमाएका छन् । भूकम्पमा एक सय बाइस घाइतेहरुको उद्दार गरिसकिएको छ भने अन्यको खोजिकार्य तीव्र बनाइएको उद्धारकर्मीले मिडियासँग बताएका छन्  ।

चीनको भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार ६.० रेक्टर स्केलको उक्त भूकम्पमा ईबिन शहरको चांगीग इलाकामा ठुलो क्षति पुर्याएको जनाइएको छ । गत सोमबार ६.० र आज बिहान(मंगलबार) ५.३ को तीव्रतामा आएको झट्काले थप क्षति पुर्याएको स्थानीय मिडियाले जनाएका छन्  ।

चीनको आधिकारिक समाचार संस्था ‘शिन्हुआ’ले जनाए अनुसार राहत कार्य तीव्र रुपमा गरिएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ईबिनका स्थानीयवासीले ‘शिन्हुआ’लाई जनाएअनुसार भूकम्पको पहिलो झट्कासँगै अन्य दुई वटा झट्का आउँदा क्षतिको विवरण बढेको छ ।

प्रान्तीय राजधानी चेंगडुमा जडान गरिएको भूकम्प आउनु पूर्व चेतावनी दिने अर्लाम एक मिनेट पहिला बजेको थियो । ‘शिन्हुआ’ ले जनाएअनुसार प्रान्तीय आपतकालीन प्रबन्धन विभागले घटना घटनासाथ ६३ गाडी र ३०० उद्धारकर्मीहरु तत्काल घटनास्थलमा बचाव कार्यको निम्ति खटाएको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata