नेपालमा ८ रेक्टरभन्दा ठूलो भुईँचालो जानसक्ने अध्यन प्रतिवेदनको निस्कर्ष

मङ्लबार, मंसिर २१, २०७३

loading...


नेपालमा ८ रेक्टर भन्दा ठूलो भुईँचालो जानसक्ने खतरा देखिएको छ छ । वैज्ञानिकहरुको एक अध्यनले गत बर्ष गएको गोरखा भूकम्पभन्दा पनि ठूलो भूूईचालो जानसक्ने औल्याएको छ ।

गतबर्ष गएको भूूईचालोपछिको स्थलगत अध्यन र त्यसको विश्लेषणबाट १२४ माइलसम्म पहिलेको भूूभाग कमजोर भएको अध्यनले देखाएको छ । त्यही कजोर भौगोलिक अवस्थाका कारण ८ र त्यो भन्दा पनि माथिको भूूईचालो जान सक्ने देखिएको डेली मेल युकेले लेखेको छ ।

earthquake 2काठमाडौं लगाइत कमजोर भौगोलिक रेखामा पर्ने स्थानमा खतरा औल्याईएको छ । गत वर्षको भूकम्पछि गरिएका स्थलगत अनुसन्धान तथा विश्लेषणले के देखाएको छ भने १२४ माइल लामो हिमालयन फ्रन्टल फल्ट यस्तो अवस्थामा छ, जसले ८ रेक्टर स्केल वा सो भन्दा ठूलो म्याग्नेच्युटको भूकम्प पैदा गर्न सक्छ । यसबाट १५ देखि ३० फिट अग्लो दरार पैदा हुन सक्छ ।

शोधकर्ताहरुका अनुसार गत वर्षको विनाशकारी भूकम्प तथा त्यसपछिका पराकम्पहरु अझै शक्तिशाली भुइँचालो आउन सक्ने खतराका संकेत हुन् । नेभदा विश्वविद्यालका वैज्ञानिकहरुको टोलीले नेपालमा आएर गतबर्षको भूूकम्प र त्यसको अवस्थाका बारेमा अध्यन गरेको थियो ।

earthquake 3अनुसन्धानले त्रिवेणी र वागमति नजिकको भूूभाग कमजोर भएको देखाएको छ । शोधकर्ताहरुले त्रिवेणी र वागमती क्षेत्रको जमिनमा दुई गहिरो प्वाल खोपेर संरचनात्मक र रेडियोकार्वन सम्बन्धमा अध्ययन गर्नुका साथै फल्ट एरियामा चट्टान तथा माटोको पत्रहरुको समेत अनुसन्धान गरे । अनुुसन्धानकर्ताका अनुसार परकम्प नरोकिनुु चेतावनीका रुपमा लिन सकिन्छ । वागमती र त्रिवेणी नदीको नजिकै गहिरो खाल्डो खनेर अध्यन गरिएको थियो ।

8818 पटक पढिएको

Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom