चिलीमा ७.६ म्याग्निच्युडको भूकम्प

loading...

सोमवार, पुस ११, २०७३

सान्टीयागो । चिलीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको  छ ।
सो भूकम्पपछि सुनामी आउने डर भएको र तर हालसम्म उक्त भू्कम्पको कराण कुनै मानवीय र सपत्ति क्षतिको भने समाचार प्राप्त भएको छैन् ।

चिलीको राष्ट्रिय सङ्कटकालीन कार्यालय सुरुमा तटीय इलाकामा रहेका बासिन्दालाई त्यहाँबाट अन्यत्रै सर्न आदेश दिएको थियो ।

तर पछि सुनामी चेतावनीलाई रद्द गरिएको बताइएको छ । तटीय क्षेत्र र पाँचवटा दक्षिणी क्षेत्रमा राज्यद्वारा दिइएको सुनामी चेतावनी रद्द गरिएको ओनेमीका निर्देशक रिकार्डो टोरोले बताए ।

चिलीको लोस लागोस् क्षेत्रलगायत चारवटा प्रान्तमा मानवीय क्षति नभएको टोरोले जनाए ।  स्थानीय समायानुसार आइतबार बिहान ११-२२ मा सो भूकम्प गएको बताइएको छ ।

152 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom