ब्राभोले लिए सन्यास

बिहिबार, कार्तिक ८, २०७५



 शान्ता क्रुज । वेस्टइण्डिज अल राउण्डर क्रिकेट खेलाडी डबेन ब्राभोले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।  आफ्नो १४ बर्षे खेल जीवनलाई समाप्त गर्दै ३५ वर्षीय ब्राभोले भने, विश्वमा खेलिने फ्रेन्चाइज टी २० क्रिकेट खेल्ने छु ।

सन् २००४ देखी राष्ट्रिय टिमबाट क्रिकेट खेल्न सुरु गरेका ब्राभोले वेष्ट इण्डिजको तर्फबाट सन् २०१४ पछि कुनै पनि म्याच खेलेका छैनन् । अन्तीम टेस्ट म्याच सन् २०१० को डिसेम्बरबाट खेल्न बन्द गरेका ब्राभोले देशको निम्ती४० टेस्ट, १६४ वान डे र ६६ टी २० इन्टरनेशनल म्याच खेलिसकेका छन् ।

दुई वर्ष अघि अबुधाबीमा पाकिस्तानको विरुद्ध टि २० इन्टरनेशनल म्याच खेलेका ब्राभोले आफ्नो खेल जीवनमा वान डे रन २९६८, टेस्ट रन २२०० र टी २० रन ११४२ बनाएका छन् । त्यसैगरि टेस्ट विकेट ८६, वान डे विकेट १९९ र टि २० विकेट ५२ लिन सफल भएका छन् । उनी पछिल्लो समय आइपिएलमा टि २० म्याच खेलिरहेका छन् ।

144 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank