डीभी लोटरीको नतिजा आयो, तपार्इँलार्इ पर्यो परेन ? हेर्नुहोस्

बुधबार, जेष्ठ २, २०७५



काठमाडौँ: इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) २०१९ को नतिजा आएको छ । अमेरिकी सरकारले सन् २०१९ लागि भराएको डीभी चिठ्ठाको नतिजा प्रकाशित गरेको हो ।

यदि तपार्इँले अमेरिका जानका लागि डीभी चिठ्ठा भरेको भएमा परे या नपरेको थाहा पाउनका लागि अमेरिकी सरकारको वेबसाइटबाट नतिजा थाहा पाउन सकिन्छ ।

तपार्इँले डीभी लोटरी भरेको भए आफ्नो नतिजा थाहा पाउनका लागि डीभी चिठ्ठा भर्ने क्रममा प्राप्त नम्बर, थर र जन्म मिति आवश्यक हुन्छ । नेपालस्थित अमेरिकी दुतावासले डीभी चिठ्ठा परे-नपरेको हेर्ने एउटै विधि अमेरिकी सरकारको वेबसाइटमा ‘कन्फर्मेसन नम्बर’ हालेपछि थाहा पाउने मात्रै रहेको जनाएको छ ।

दूतावासले तपार्इँलार्इ डीभी परे नपरेको कुनै प्रकारको चिठ्ठी पत्र नपठाइने जनाउँदै गलत हल्लाको पछि नलाग्न र अमेरिकी सरकारको वेबसाइटबाटै जाँच गर्न पनि अपिल गरेको छ।

डीभी लोटरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् 

93 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank