टिपरको ठक्करबाट ड्युटीमा खटिएका प्रहरीको मृत्यु

मङ्लबार, जेष्ठ १३, २०७७



भक्तपुर । भक्तपुरको मध्यपुरठिमी ४ मा टिपरको ठक्करबाट ड्युटीमा खटिएका एक प्रहरीको मृत्यु भएको छ ।

गएराति बा.४ख ४७०१ र बा.४ख ४३१८ नम्बरका दुई टिपर आपसमा ठोक्किँदा ड्युटीमा खटिएका सई निमबहादुर घर्तीमगरको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानका अनुसार घाइते निमबहादुरको नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

नयाँ ठिमी चोकमा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेका टिपरहरूले एकैसाथ बालकुमारी चोकको बीचको रेलिङलाई हान्दै अनियन्त्रित भई अगाडि बढेका थिए । त्यही क्रममा टिपरले सईलाई ठक्कर दिएको थियो ।

प्रहरीले दुवै टिपरका चालकलाई नियन्त्रणमा लिएको छ । एसपी प्रधानका अनुसार बा.४ख ४३१८ नम्बरको टिपर चालक राकेश सैँजुले मादक पदार्थ सेवन गरेको पाइएको थियो । पानी परेर सडक भिजेको अवस्थामा लापरबाही गर्दै तीव्र गतिमा सवारीसाधन चलाएकाले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments