मैले ठोकेरै भन्दैछु महोदय,यो सोच फेरीदेउ

शनिबार, बैशाख ८, २०७५

- दुर्लभ शाह त्यागी



मैले यसरी बुझे तिम्रो भडाउने बानी हुन सक्छ

भरपुर स्वार्थमा लुटपुटिने निसानी हुन सक्छ ।

…………………………………………………….

मैले ठोकेरै भन्दैछु महोदय,यो सोच फेरीदेउ
अन्यथा तिम्रा यी सारा सपना घामपानी हुन सक्छ ।

…………………………………………………….

गम्भीर बन्ने बेलामा,झनझन उत्तेजीत भएर
फलिफाप निकै कम तर अधिक हानी हुन सक्छ ।

…………………………………………………….

निस्फिक्री बिश्वास गरिन्छ,बदलामा घात हुन्छ जब
भरोसाको बाँध टुट्छ खुलेर आनाकानी हुन सक्छ ।

…………………………………………………….

मनोभावनाको कदर होस,अग्रीम शुभकामना
हैन भने होसियार चौतर्फी निगरानी हुन सक्छ ।

 

298 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank