ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

बुधबार, असार २७, २०७५



तेह्रथुम ।

तेह्रथुम लालीगुराँस नगरपालिकामा ट्र्याक्टर दुर्घटनामा परी बुधबार एकजनाको मृत्यु भएको छ ।

को२त ४०५३ नंको ट्र्याक्टर लालीगुराँस नगरपालिकाको वन्तपुरस्थित प्रगति टोलमा दुर्घटना हुँदा ट्र्याक्टर चालक सूर्य लिम्बूको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
गम्भीर घाइते लिम्बूको प्राथमिक स्वास्थ्य केन्द्र वसन्तपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्लाबाहिर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

103 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank